News Category 2075/11/20
शिवरात्रीको अवसरमा शान्ति यात्रा र प्रवचन
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
महाशिबरात्रीको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रद्वारा राजविराजमा सोमबार बिभिन्न कार्यक्रम गरिएको छ ।
ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजबिराजले नगरको विभिन्न ठाँउमा शान्ति यात्राको आयोजना गरेको हो ।
शिवरात्रीको अवसरमा शिव झण्डोत्तोलन, शिबलिंग पुजन, शान्ति र समृद्धि तथा स्वर्णिम युगका लागि वैश्विक जागृती तथा आध्यात्मिक बिषयबस्तु माथि प्रवचनको आयोजना समेत गरिएको थियो ।

उक्त अवसरमा कृषि तथा सहकारी मंन्त्री शैलेन्द्र प्रसाद साहले प्रवचन कार्यक्रमको उद्घाटन गर्दै ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यसैगरी समाजसेवी हरेकृष्ण प्रसाद सिंह, सुखराम यादब, पुर्व शिक्षा अधिकारी कपलेश्वर मिझार, समाजसेवी मधुसुधन देब महाशिबरात्रीको वारेमा चर्चा गरेका थिए ।
ब्रहमाकुमारी राजयोग सेवा केन्द्रका संचालिका भगवती दिदी, बिहार क्षेत्रकी संचालिका रंजु दिदीले शिबरात्रीको महत्व माथि प्रकाश पारेकी थिइन् ।
कार्यक्रम संचालक दिपक भाईजीले गरेको कार्यक्रममा जिल्लाका सम्पुर्ण ओम शान्ती सेवा केन्द्रका एक हजार भन्दा बढी सदस्यहरूको सहभागीता रहेको ब्रहमाकुमार बालकृष्णले बताए ।
महाशिबरात्रीको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रले जिल्लाको विभिन्न ठाँउमा एक महिने शान्ती ¥याली, शिव झण्डात्तोलन र प्रवचनको समेत आयोजना गरिने दिपक भाइले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ