News Category 2075/11/20
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
राजविराज एचिभर्स कन्सल्टिङ सर्भिसेसले राजविराजमा शैक्षिक परामर्श केन्द्र शाखाको विस्तार गरेको छ ।
शिवरात्रीको अवसर पारेर सोमबार राजविराजमा एक कार्यक्रम बीच राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले सो शैक्षिक केन्द्रको रिबन काटेर उद्घाटन गरे ।
राजविराज वडा नंं ४ मिनि मार्केटस्थित एक भवनमा शाखाको उद्घाटन गर्दै प्रमुख यादवले जिल्लाबाट शैक्षिक योग्यता हासिल गर्न भारत तथा अन्य मुलुकमा जान इच्छुक विद्यार्थीहरुले शैक्षिक परामर्श केन्द्रबाट उचित सल्लाह सुझाव हासिल गर्न सक्ने बताए ।

उक्त शैक्षिक परामर्श केन्द्रले भारत र बंगलादेशमा पढ्न जाने विद्यार्थीहरुका लागि उचित परामर्श दिने केन्द्रका निर्देशक सुनिल जयसवालले जानकारी दिए । उनले शैक्षिक परामर्श केन्द्र राजविराजसहित बिराटनगर, लहान र नेपालगंजमा समेत संचालनमा रहेको बताए ।
राजविराज एचिभर्स कन्सल्टिङ सर्भिसेसले भारत र बंगलादेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि विभिन्न तयारी कक्षाको समेत संचालन गरेको निदेर्शक जयसवालको भनाई छ । सो केन्द्रमा ब्रिज कोर्स, सिटीइभीटीको इन्ट्रान्स कक्षा तयारीका साथै मेडिकल, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, पारा मेडिकल, नर्सिङ्ग, फार्मेसी, लगायतबारे परामर्श दिने जनाइएको छ ।
यसैगरी शाखाबाट बीबीए, बीकम, बीएसी मेडिकल ल्याब साईन्स, ब्याच्ल अफ टुरिजम एण्ड ट्राभल्स म्यानेजमेन्ट, ब्याचलर होटेल म्यानेजमेन्ट एण्ड केट्रिङ्ग टेक्नोलोजि, पोलिटेक्निक डिप्लोमा, विटेक, एमटेक, बीबीए, एमए, बीएसी एर्गीकन्चर, एमसीए लगायत कोर्समा पढन चाहने सप्तरीका विद्यार्थीहरुको लागि ठुलो अवसर रहेको राजविराज शाखाका परामर्शकर्ता कन्सल्टेन्ट रबी जैनले जानकारी दिए ।
राजविराज शाखाका लागि दिपक चौधरी र रवि जैनले परामर्शकर्ताको रुपमा जिम्मेवारी दिएको शैक्षिक परामर्श केन्द्रका निर्देशक जयसवालले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ