News Category 2075/11/20
शिवालयमा श्रद्धालुको घुइँचो
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
भगवान शिवको पुजा अर्चना गर्दै सोमवार महाशिवरात्री पर्व मनाइएको छ ।
यस अवसरमा हरिनन्देश्वर महादेव मन्दिर, भुतनाथ मन्दिर, लालेश्वरनाथ मन्दिर, डाँक्नेश्वरी मन्दिर, शम्भुनाथ मन्दिर, लगायतका शिवालयमा विहानैदेखि भक्तजनको घुँइचो लागेको थियो ।
यस अवसरमा राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा भक्तजनको सर्वाधिक घुँइचो लागेको थियो । यस मन्दिरमा हजारौं भक्तजनहरुले भगवान शिवको पुजा गरेको मन्दिर समितिका अध्यक्ष गोविन्दराम कावराले जानकारी दिए ।
समितिका साथै प्रहरी र अन्य संघ संस्थाले आवश्यक बन्दोवस्तको व्यवस्था गरेकाले भक्तजन सहज रुपमा दर्शन पुजा गर्न पाएका थिए । भक्तजनलाई लक्षित गरी मन्दिर परिसर भित्र पुजा सामग्री, खानेपानी, बेलपत्र, दुध लगायतको व्यवस्था गरिएको थियो ।
दर्शनार्थीको भिडलाई ध्यानमा राख्दै जिल्ला स्थित विभिन्न शिवालयहरुमा गरी करिब ४ सय सुरक्षाकर्मीहरु खटाएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिए । दर्शानार्थीहरुका लागि राजविराज जेसिज, सामुदायिक सेवा केन्द्र, विकास सरोकार केन्द्र, ग्रीन नेपाल, मिलन डेरी उद्योग, एनसी इन्जियरिङ्ग कन्स्लटेन्सी, सूर्या लाईफ इन्स्योरेन्स लगायतका संघ संस्थाले आवश्यक प्रसाद सामग्री र स्वच्छ खानेपानीको व्यवस्था मिलाएका थिए ।
मनोकांक्षा पुरा हुने आशामा कतिपय भक्तजन जल चढाउन काँवर बोकेर आएका थिए । बिहानै सप्तकोशीबाट पवित्र जल बोकेर काँवर सहित बोलबमको नारा लगाउँदै पैदलै भक्तजनहरु मन्दिर पुगेका थिए । शास्त्रअनुसार चतुदर्शीमा शिवरात्री मान्ने गरिन्छ । पर्वका दिन शिवको महिमा गाउँदै मिठा परिकार, भांग, धतुरो, बेलपत्र, गाईको दूध, जौं, चन्दन चढाएर पुजा गर्ने चलन रहेको पण्डित रुपकान्त मिश्रको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ