News Category 2075/11/21
जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न संघर्षमा शहिद भएका परिवारजन सम्मानित
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
शहिद जनस्मृति प्रतिष्ठान सप्तरीले जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न संघर्षमा सप्तरीमा शहिद भएका परिवारजनलाई सम्मानित गरिएको छ ।
राजविराजस्थित जिल्ला समन्वय समितिको सभाहलमा शहिद सप्ताहको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष तथा नेकपाका नेता रामप्रति पासवानसहित प्रदेशसभा सदस्य गोबिन्द बहादुर न्यौपाने, संबिधानसभाका पुर्वसभासद मानपुर चौधरी, पुर्वसांसद असर्फी सदा, नेकपाका नेता महेश यादव, बरिष्ठ पत्रकार शिबहरि भट्टराई लगायतले शहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
सो अवसरमा प्रमुख अतिथि पासवानले शहिदहरुको बलिदानीबाट संघीयता, धर्मनिरिपेक्षता लगायतका अन्य परिवर्तन आएको उल्लेख गर्दै सरकारले शहिदहरुको सपना साकार हुने गरि अघि बढ्ेको दाबी गरेका छन् ।
दुई तिहाईको वर्तमान सरकारले सम्बृद्ध नेपाल सुखी नेपालीको नारासहित अघि बढ्ेको बताउँदै उनले सरकारको उक्त अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट योगदान दिनुपर्ने जिकिर गरे ।
शहिद जनस्मृति प्रतिष्ठान सप्तरीका अध्यक्ष तथा पुर्वमन्त्री उमेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बक्ताहरुले शहिदहरुको बलिदानीबाट प्राप्त भएका उपलब्धीहरुलाई अझै जनताले अनुभुति गर्न नपाएको भन्दै शहिद परिवारको रोजगारी सुनिश्चितता गर्नुपर्नेमा जोड समेत दिए । उनीहरुले शहिद परिवारको आर्थिक अवस्था जर्जर भएको भन्दै उचित रोजगारी तथा शिक्षादिक्षाको व्यवस्था मिलाउनुपर्ने भन्दै सरकारलाई गम्भिर ध्यानाकर्षण गराए ।
कार्यक्रममा नेकपाका नेताहरु शंकर देवकोटा, बेचन चौधरी, भरत महतो, सुखराम यादव, अब्दुल मज्जिद साकिर लगायतले मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ