News Category 2075/11/21
शौचालय सेफ्टी टयांकीको फोहर पानी बाहिर बग्दा अस्पताल क्षेत्र दुर्गन्धित
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा फुटेको शौचालय सेफ्टी टयांकीको मरमत तथा सरसफाई नगर्दा अस्पताल क्षेत्र दुर्गन्धित हुन पुगेको छ ।
दुई दिन अघि फुटेको शौचालको सेफ्टी टयांकी मरमत तथा सरसफाई नगरिदा ट्यांकीबाट बाहिर बगिरहेको फोहोर पानी र लेदोका कारण अस्पतालको प्रसुति र जनरल वार्ड क्षेत्र दुर्गन्धित हुन पुगेको हो ।
प्रसुति र जनरल वार्डलाई लक्षित गरी बनाइएका शौचालय समेत फोहर देखिएको छ । सो शौचालयहरुमा जताततै दिसाका थुप्रा रहेकाले शौचका लागि बिरामीका कुरुवाहरु बाहिर रहेका सार्वजनिक शौचालयहरुमा जान बाध्य छन् । राजविराज नगरपालिका १२ का अजित ठाकुरले अस्पतालमा फैलिएको दुर्गन्धका कारण रोग फैलिन सम्भावना बढेको बताए ।
यसैबीच शौचालयको सेफ्टी ट्यांकी फुटेर अस्पतालमा दुर्गन्ध फैलिएको खबर पाएपछि नाक मुख छोप्दै अस्पताल पुगेका राजविराज वडा नं. ५ का अध्यक्ष समिर झा, वडा नं. ७ का अध्यक्ष माँगीलाल नाई, वडा नं. ४ का अध्यक्ष मो. अख्तर बाबा र वडा नं. ३ का अध्यक्ष सुदर्शन सिंहले अस्पताल समितिले समयमै शौचालय सेफ्टी टयांकी र फोहोरमैलाको उचित व्यवस्थापनमा ध्यान नदिदा यस्तो समस्या देखिएको भन्दै यसका लागि आफुहरुले पहल थालेको जानकारी दिए ।
यसबारे अस्पतालका मेडिकल सुररिटेन्डेन्ट डा. चुमनलाल दाससँग सम्पर्कको प्रयास गर्दा उनी काठमाडौं गएको जानकारी गराउँदै अस्पताल विकास समितिका एक अधिकारीले शौचालय मरमत गर्नेतर्फ आवश्यक कार्य सुरु गरिसकेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ