News Category 2075/11/24
रुपनी गाउँपालिकाद्वारा रक्तदान, गोष्ठीलगायत कार्यक्रमको आयोजना
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार सप्तरीको रुपनी गाउँपालिकामा रक्तदान, गोष्ठीलगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
रुपनी गाउँपालिकाको आयोजनामा “लैङ्गिक समानताको लागि समान सोच र व्यवहार, समृद्धिको आधार“ नारासहित १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा १२ जनाले रक्तदान गरेका छन् ।
सो रक्तदान कार्यक्रममा पिताम्बर यादव, मिथिलेश यादव, सन्तोष कुमार चौधरी, प्रदिप राई, कालिप्रसाद यादव, रामसुन्दर थापा, गोमा पौडेल, रमेश कुमार यादव, बिरेन्द्र कुमार चौधरी, गिरधर कुमार मेहता, लक्ष्मण यादव र पुष्पा श्रेष्ठले रक्तदान गरेका छन् ।
यस्तै गाउँपालिका उपाध्यक्ष बेचनी कुमारी सरदारको अध्यक्षतमा तथा गाउँपालिका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा आयोजित भेला तथा गोष्ठीको आयोजना गरिएको छ ।
सो अवसरमा म्युजिकल चेयर समेतको आयोजना गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । सोही अवसरमा धर्मी हल्फा महिला विकास क्लब राजविराजले सहिद नागेश्वर यादव र खुशिलाल यादवकी पत्निलाई ब्लायङकेट तथा जनजागृती नेपाल नामक संस्थाले साडी प्रदान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ