News Category 2075/11/27
प्रदेश क्रिकेट टिममा सप्तरीका खेलाडी नपरेको भन्दै पुर्नविचार गर्न माँग
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
सप्तरी यूथले मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ स्तरीय क्रिकेट टोलीमा सप्तरीका एक जना पनि खेलाडी नपरेको भन्दै टिमबारे पुर्नविचार गर्न माँग गरेको छ ।
सप्तरी यूथका अध्यक्ष श्रवण कुमार देवद्वारा सोमबार जारि विज्ञप्तिमा प्रदेश २ को आठ जिल्लामध्ये सप्तरी जिल्ला पनि क्रिकेटमा आफ्नो छुट्टै महत्व बनाएको भन्दै जिल्लाबाट अन्तर्राष्ट्रियस्तरको खेलमा किर्तिमानी कायम गर्ने युवा खेलाडी महबुब आलमलाई उत्पादन गरेको स्मरण समेत गराएको छ ।
प्रदेश २ को सरकारमा सप्तरीकै सामाजिक विकास मन्त्री भएपनि क्रिकेट टिम बनाउँदा सप्तरीकै खेलाडीलाई नपार्नु बिडम्बना हो भन्दै यस्ता कार्यको सप्तरी युथले विज्ञप्ति मार्फत भत्र्सना गरेको छ ।
१२ महिना नै क्रिकेटको गतिविधी गरिएपछि जिल्लामा राम्रैस्तरका खेलाडीहरु उत्पादन हुँदै आउँदा समेत बिभिन्न समयमा हुने जिल्ला र प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताहरु जितेर सप्तरीले त्यो कुरा घाम झैं छर्लङ् पारिसकेको उल्लेख भएको जनाउँदै सप्तरीमै पहिलो पटक युवा महिलाहरुलाई क्रिकेट सम्बन्धी प्रशिक्षण दिदैं प्रतियोगितामा समावेश गराइएको छ ।
साथै विज्ञप्ति मार्फत बनाइएको क्रिकेट टिमबारे पुर्नविचार गरी सप्तरीका युवा खेलाडीहरुलाई पनि समावेश गर्न र सप्तरी यूथको माँगलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिनु पर्ने सुझाव समेत दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ