News Category 2075/11/27
सरकार र गठबन्धनबीचको सहमति नाटक ः पूर्वप्रम डा. भट्टराई
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमति नाटकीय भएको बताएका छन् ।
सप्तरीको छिन्नमस्ता गाउापालिकाको दोश्रो गाउँसभाको निर्णय सार्वजनिकीकरण समारोहको सोमबार उद्घाटन गर्न आइपुगेका पूर्व प्रधानमन्त्री डा. भट्टराईले राजविराज विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै सहमति नाटकीय ढंगले हतारमा भएको बताएका हुन् ।
शुक्रबार सरकार र गठबन्धनबीच भएको ११ बुँदे सहमतिको २ नं. बुँदा दोहोरो अर्थ लाग्ने र यसलाई सरकार र मधेश गठबन्धनले आ–आफ्नै ढंगले ब्याख्या गरिरहेको भन्दै उनले भविष्यमा यसले थप समस्या खडा गर्न सक्ने चिन्ता समेत व्यक्त गरे ।
सरकारले मुलुक विखण्डनको आन्दोलन गरिरहेका सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनलाई वार्तामा ल्याएर समस्या समाधानको प्रयास सकारात्मक भएको भन्दै त्यसलाई सरकारले कुनै नीजि स्वार्थमा सहमति गरेको हो, भने त्यसले भविष्यमा झनै समस्या खडा गर्ने समेत बताए ।
यसैबीच छिन्नमस्ता गाउँपालिका प्रमुख सूर्यनारायण मण्डलको अध्यक्षतामा आयोजित तथा पूर्व प्रधानमन्त्री डा. भट्टराईद्वारा उद्घाटन गरिएको दोश्रो गाउँ सभाको निर्णय सार्वजनिकीकरण समारोहमा वडाअध्यक्ष दिपेन्द्र यादवले आगामी आर्थिक वर्ष ०७५÷०७६ का लागि ३४ करोड २ लाख ३० हजार रुँपैया बराबरको बजेट प्रस्तुत गरेका थिए ।
गाउँपालिकासस्द्वारा प्रस्तुत बजेटमा छिन्नमस्तालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास, विद्युत बिस्तार, सडक, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायतका शिर्षकलाई उच्च प्राथमिकतामा राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ