News Category 2075/11/27
सरकार र गठबन्धनबीचको सहमति नाटक ः पूर्वप्रम डा. भट्टराई
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमति नाटकीय भएको बताएका छन् ।
सप्तरीको छिन्नमस्ता गाउापालिकाको दोश्रो गाउँसभाको निर्णय सार्वजनिकीकरण समारोहको सोमबार उद्घाटन गर्न आइपुगेका पूर्व प्रधानमन्त्री डा. भट्टराईले राजविराज विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै सहमति नाटकीय ढंगले हतारमा भएको बताएका हुन् ।
शुक्रबार सरकार र गठबन्धनबीच भएको ११ बुँदे सहमतिको २ नं. बुँदा दोहोरो अर्थ लाग्ने र यसलाई सरकार र मधेश गठबन्धनले आ–आफ्नै ढंगले ब्याख्या गरिरहेको भन्दै उनले भविष्यमा यसले थप समस्या खडा गर्न सक्ने चिन्ता समेत व्यक्त गरे ।
सरकारले मुलुक विखण्डनको आन्दोलन गरिरहेका सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनलाई वार्तामा ल्याएर समस्या समाधानको प्रयास सकारात्मक भएको भन्दै त्यसलाई सरकारले कुनै नीजि स्वार्थमा सहमति गरेको हो, भने त्यसले भविष्यमा झनै समस्या खडा गर्ने समेत बताए ।
यसैबीच छिन्नमस्ता गाउँपालिका प्रमुख सूर्यनारायण मण्डलको अध्यक्षतामा आयोजित तथा पूर्व प्रधानमन्त्री डा. भट्टराईद्वारा उद्घाटन गरिएको दोश्रो गाउँ सभाको निर्णय सार्वजनिकीकरण समारोहमा वडाअध्यक्ष दिपेन्द्र यादवले आगामी आर्थिक वर्ष ०७५÷०७६ का लागि ३४ करोड २ लाख ३० हजार रुँपैया बराबरको बजेट प्रस्तुत गरेका थिए ।
गाउँपालिकासस्द्वारा प्रस्तुत बजेटमा छिन्नमस्तालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास, विद्युत बिस्तार, सडक, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायतका शिर्षकलाई उच्च प्राथमिकतामा राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ