News Category 2075/11/28
नेवि संघको जागरण अभियान सप्तरीबाट शुरु

दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
नेवि संघ सप्तरीको अगुवाईमा राष्ट्रिय अखण्डताको पक्षमा मंगलबारदेखी जागरण अभियान सप्तरीबाट शुरु भएको छ ।
नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष एंव नेपाली कांग्रेसका युवा नेता संविधान सभा पूर्व सदस्य रन्जित कर्णको प्रमुख आतिथ्यतामा “स्वतन्त्रता, स्वाभिमान र एकताको पहिचान, राष्ट्रिय अखण्डता हाम्रो अभियान“ भन्ने मुल नाराका साथ नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती सप्तरीले सो अभियान सुरु गरेको हो ।
कार्यक्रममा बोल्दै नेता कर्णले विखण्डनकारी सिके राउतलाई सामाजबाट बहिष्कार गर्नु पर्ने बताउँदै मधेसका जनता पूर्ण रूपमा राष्ट्रिय एकता, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने सदैव प्रतिबद्ध रहनु पर्ने जिकिर गरे ।
मधेसका जनता जहिले पनि मुलुकको एकता पक्षमा रहेको बताउँदै नेता कर्णले मुलुकलाई आर्थिक समृद्धि दिशामा अगाडी बढाउनु अहिले आवश्यकता रहेको उल्लेख गरे ।
ने.वि. संघ सप्तरीका अध्यक्ष पार्थो सरकारको अध्यक्षता सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि नेपाली काँग्रेस खोटाङका पूर्व सभापति एंव युवा नेता सुभाष पोखरेल, नेपाली काँग्रेस सप्तरीका जिल्ला सचिव रामकुमार यादव, नेपाली काँग्रेस नगर सभापति शम्भु लाल देव, राजविराज नगरपालिका वडा नं ५ का अध्यक्ष समिर झा, तरुण दल सप्तरीका संयोजक सिता प्रसाद यादव, ने.वि.संघ म.वि.व. क्याम्पस राजविराजका नेता राकेश कुमार ठाकुर, महेश यादव, परिसब झा, दिपक कुमार सिंह, प्रहलाद सिंह, लक्ष्मण राम, र रंजना चौधरीले मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ