News Category 2075/11/30
जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
सप्तरी जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भए सँगै जिल्लालाई पुर्ण सरसफाई क्षेत्र बनाउन सबै स्थानिय तह सक्रिय हुनुपर्नेमा सरोकारवाला निकायहरू जोड दिएका छन ।
बाढी प्रभाबित क्षेत्रमा खानेपानी सरसफाई तथा स्वक्षता समितिका टोलीले हनुमाननगर कंकालिनी नगरपालिकामा बाढी प्रभाबित क्षेत्रमा अनुगमन गर्ने बिहीबार आयोजित कार्यक्रममा सो कुरा बताइएको हो ।
समितिका प्रमुख प्रभाकर यादबले वडा नम्वर १४ रम्पुरामा कोशी पीडित समाज र अक्सफामको संयुक्त साझेदारीमा बिपद न्युनीकरण तथा मानवीय पूर्व तैयारी परियोजना ०१८÷०१९ अन्तर्गत वास कार्यक्रमको अनुगमन समेत गरेको छ ।
साबिकको रम्पुरा मल्हनियाँ गाबिसका डलवा, रम्पुरा, बिष्णुपुर टोलहरूमा वाढी प्रभाबित क्षेत्रमा बिपद न्युनिकरण, वडा स्तरियमा बिपद ब्यबस्थापन उपसमितिलाई चेतनामुलक अभिमुखिकरण तथा बाढी पुर्व गरिने क्रियाकलाप वारेमा जानकारी लिएको छ ।
उक्त टोलीले वडा नम्वर १४ मै बिषणपुर टोलमा बिपद ब्यबस्थापन उपसमितिले बाढी आउनु पुर्व सुचना कार्यदल, प्राथमिक उपचार कार्यदल, खोज तथा उद्वार तथा राहत कोष कार्यदलले बाढी आउने पुर्व तथा बाढीको वेला अपनाउनुपर्ने साबधानी वारेमा जानकारी लिएको वडा अध्यक्ष सत्य नारायण यादबले बताए ।
खाडो र कोशीको पानीले प्रभाबित बाढी को चपेटामा रहेका बिसनपुर टोलमा बाढी आएको वेला बस्तीमा जान स्थानियहरूलाई आवतजावत गर्न समस्या आईरहेको बेला वडा कार्यलयले उक्त ठाँउमा तत्काल होमपाईप राखेर माटो बनाएको अध्यक्ष यादबले जानकारी दिए ।
बाढी प्रभाबित यस क्षेत्रका स्थानियहरूको जिविकोपार्जन तथा पुर्नवास निर्माण कार्यक्रम सरकारले ल्याउनुपर्ने स्थानिय राजेन्द्र सडोकले बताए ।
सो कार्यक्रममा प्रमुख यादबले सप्तरीलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेपनि चर्पि अझ पनि प्रयोग बिहिन रहेकोले पुर्ण सरसफाई तर्फ सबैले ध्यानदिनुपर्ने बताए ।
उनले स्थानिय तहले पुर्ण सरसफाई सम्बन्धी चेतनामुलक कार्यकम गरि पुर्ण सरसफाईको क्षेत्रमा काम गर्ने सबै संघसंस्था र सरोकारवाला निकायहरू सक्रिय भई जनप्रतिनिधिहरू आग्रह समेत गरे ।
सो अवसरमा कोशी पीडित समाजका कार्यकारी निर्देशक देव नारायण यादबले वास कार्यक्रम अन्तर्गत एक बर्षमा विपद ब्यबस्थापन, वडा स्तरियमा बिपद ब्यबस्थापनलाई अभिमुखीकरण, कुनौली वोर्डरमा सार्वजनिक चर्पी निर्माण, खोज तथा उद्वार सामग्री बितरण, लगायतका बाढी प्रभाबित क्षेत्रमा बिपद न्युनिकरण सम्बन्धी कार्यक्रम गर्दै आएको बताए ।
सो अवसरमा वडा नम्वर १४ का अध्यक्ष सत्य नारायण यादब, जनस्वास्थ कार्यलय प्रमुख निरन्जन प्रसाद यादब, खानेपानी सरसफाई डिभिजन कार्यलयका रामाप्रसाद साह, जिसस सल्लाहाकार बिनोद यादब, कोशी पीडित समाजका कार्यकारी निर्देशक देबनारायण यादब, सुकदेब चौधरी, परियोजना संयोजक श्रवण चौधरी, पत्रकार चन्दनकुमार यादब लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ