News Category 2075/12/01
लोकतान्त्रिक प्रक्रियाबाट आएको सरकार अलोकतान्त्रिक गतिविधिमा ः जोशी
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीले लोकतान्त्रिक प्रक्रियाबाट आएको केपी ओली नेतृत्वको सरकार अलोकतान्त्रिक गतिविधिमा लागेको आरोप लगाएका छन् ।
शुक्रवार नेपाली काँग्रेस सप्तरीको कार्यालयमा आयोजित स्थानीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन ।
सरकारको एकपछि अर्को निर्णय अलोकतान्त्रिक प्रक्रियाबाट आउन थालेको छ उनले भने, “स्वतन्त्र मधेशको नारा दिने डा. सिके राउतसँग सरकारले गरेको सम्झौता, वाइडबडी जहाज खरिद काण्डमा प्रधानमन्त्री ओलीको आएको अभिव्यक्ति, चिकित्सा विधेयक जबरजस्ती पारित, प्रतिनिधि सभामा संसदीय प्रणाली र परम्परा विपरीतको बल प्रयोग, विभिन्न आयोगको गठन लगायतका काममा सरकारले अलोकतान्त्रिक प्रक्रिया र आचरण देखाएको छ । काँग्रेसले यसको कडा प्रतिवाद गर्छ ।”
प्रमुख प्रतिपक्ष दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद बैठक राखेर विभिन्न आयोगका प्रमुखहरुको नियुक्ति गरिएको छ उनले थपे, “यति मात्र होइन, महँगी र भ्रष्टाचारले चरम सीमा नाघेको छ ।”
उनले चुनावमा पार्टी पराजय हुनुको कारण आपसी तिक्तता र गुट उपगुट नै भएको जिकिर गर्दै पार्टी एक जुट हुनुपर्नेमा जोड दिए ।
जिल्ला सभापति दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित भेलामा सहभागि स्थानीय नेता तथा कार्यकर्ताले सरकारको क्रियाकलाप संवैधानिक निकाय, लोकतान्त्रिक व्यवस्था र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने तर्फ अग्रसर रहेको भन्दै पार्टी भित्र बृहत एकता र अनुशासन कायम गरी प्रतिवादमा उत्रिनु पर्ने सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ