News Category 2075/12/02
आगलागीले आठ परिवारको दश घर नष्ट
राजविराज÷सप्तरीको सुरुङ्गा नगरपालिका ९ मा शनिवार दिउँसो भएको आगलागीमा दश घर तलस्नष्ट भएको छ भने सो आगलागिका कारण अन्दाजी ३६ लाख मुल्य बराबरको क्षति भएको छ ।
वडा नं. ९ प्रमाणपुरस्थित बद्री मण्डलको घरबाट दिउँसो १ बजे सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा आठ परिवारको १० घर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागिले बद्री मण्डलका साथै छिमेकी विद्या मण्डल, भदै मण्डल, मनोज मण्डल, भोला मण्डल, शिवा मण्डल, दशरथ मण्डल र अधिकलाल मण्डल लगायत आठ परिवारलाई बेघर बनाएको छ । बिहानैदेखि हावा चलेकाले आगो सल्किना साथ धेरै घरछोटो समयमै जलेको पीडितहरुले बताएका छन् ।
आगो एक घण्टाको प्रयासपछि मात्र नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन शम्भुनाथ र लहान नगरपालिकाको वारुणयन्त्रका साथै स्थानीयवासी, प्रहरी र सेना सक्रिय थिए । आगलागिको कारण खुल्न नसके इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
यता गर्मी मौसमको शुरुआतसँगै चल्ने हावाहुरीले सप्तरीमा एक साता यता करिब आधा दर्जन आगलागिका घटनामा ७५ लाख रुपैया बराबरको क्षति भइसकेको राजविराज नगरपालिका वारुणयन्त्र विभागको तथ्यांकले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ