News Category 2075/12/05
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान
दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका स्तरीय राष्ट्रिय अखण्डताको पक्षमा सप्तरीबाट जागरण अभियान सुरु भएको छ ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सप्तरी द्धारा “स्वतन्त्रता, स्वाभिमान र एकताको पहिचान, राष्ट्रिय अखण्डता हाम्रो अभियान“ भन्ने मुल नाराको साथ नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती सप्तरीले सो अभियान सुरु गरेको हो ।
तिलाठी कोईलाडी गाउपालीकाको श्री पब्लिक माध्यमिक विद्यालय लौनिया तिलाठीको बैठक कक्षमा आयोजित कार्यक्रमको प्रमुख आतिथि नेपाली कांग्रेसका महासमिति सदस्य डा. अनिल कुमार झा रहेका थिए ।
सो कार्यक्रममा नेता झाले विखण्डनकारी सिके राउतलाई समाजबाट बहिष्कार गर्नु पर्ने भन्दै मधेसका जनता पूर्ण रूपमा राष्ट्रिय एकता, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसता र अखण्डताको रक्षा गर्ने सदैव प्रतिबद्ध रहेको बताए ।
ने.वि.संघ सप्तरीका जिल्ला अध्यक्ष पार्थो सरकारको अध्यक्षता सप्पन्न कार्यक्रमको विशिष्ट अतिथि नेपाली काँग्रेस क्षेत्र नं. ३ का नेता समिर झा, नेपाली काँग्रेस गाउँ सभापति रत्नेश्वर झा, तरुण दलका नेता सिता प्रसाद यादव, नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय संगठन विभाग सदस्य शिव नारायण यादव, प्रकाश चन्द्र झा, ने.वि.संघ म.वि.व. क्याम्पस राजविराजका नेता राकेश कुमार ठाकुर, महेश यादव, प्रहलाद सिंह, लक्ष्मण राम, अफोज खानले मन्तव्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ