News Category 2075/12/05
राजविराज नपा र तिलाठी कोइलाडी गापाले स्वर्ण पदक बिजेता अजितलाई ग¥यो पुरस्कार दिने घोषणा

दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
एशीयाली एथलेटिक्समा स्वर्ण पदक बिजेता राजविराजका अजित कुमार यादवलाई बधाई तथा पुरस्कारको ओइरो लाग्न थालेको छ ।
सप्तरीको राजविराज नगरपालिका १२ विषहरिया निवासी हाल राजविराज वडा नं. ३ मा बसोवास गर्दै आएका यादव तथा उनका परिवारलाई बिहानैदेखी बधाई दिनेहरुको ओइरो लाग्ने गरेको आमा सरिता यादवले बताईन् ।
यता आइतबार हङकङ्गमा भएको तेश्रो एशीयाली एथलेटिक्समा ऐतिहासिक स्वर्ण पदक हात पार्न सफल भएपछि उनलाई पुरस्कार दिन घोषणा समेत भएको छ ।
प्रदेश २ सरकारले यादवलाई ५ लाख रुँपैया पुरस्कार स्वरुप दिने घोषणा गरेको भोलिपल्टै मंगलबार राजविराज नगरपालिकाको बसेको बैठकले यादवलाई सम्मान स्वरुप एक लाख एक रुँपैया दिने निर्णय गरेको प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् ।
यस्तै मंगलबारै तिलाठी कोइलाडी गाउँपालिकाको बैठकले स्वर्ण पदक बिजेता यादवलाई ५१ हजार रुँपैया पुरस्कार दिने निर्णय गर्नुका साथै केही दिनमै एक भब्य कार्यक्रमको आयोजना गरि यादवलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिएका छन् ।
सोही बैठकले प्रदेश २ स्तरिय भलिवल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने ६ नं. गण शसस्त्र प्रहरी बल सप्तरीका खेलाडीहरुलाई जनही ११ हजार नगद पुरस्कार दिने निर्णय गरेको छ ।
जिल्लाका सर्वसाधारण तथा खेलप्रेमीबीच पनि अजितको प्रदर्शनले खुशीयाली छाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ