News Category 2075/12/11
किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै
चन्दनकुमार यादब
राजविराज, ११ चैत ।
जीवन उपयोगी सीप शिक्षाले सामुहिक क्षमता बृद्वि, नभई किशोरकिशोरीको मनोसमाजिक समस्या, ब्यक्तिगत समस्याबाट मुक्ती पाउन र ब्यवहारमा परिवर्तन ल्याउन बालकल्वका सदस्यहरू जागरूक हुदैछन् ।
समुन्नती कार्यक्रम अन्तर्गत बालक्लवका सदस्यहरूलाई जीवन उपयोगी सम्बन्धी तीन दिने गोष्ठी कार्यक्रम उनीहरू सचेत हुदै गएका छन् ।
सप्तरीको खड्ग नगरपालिका ५ खरचुहियाँमा सबल नेपालद्वारा आयोजित बाल क्लवहरूलाई जिवन उपयोगीका लागि उनीहरूमा देखिएको प्रतिभासँगै जिवनमा आईपर्ने समस्याको वारेमा तालिमको आयोजना गरिएको हो ।
वालवालिकाहरूमा स्वचेतना, तनावसँग जुद्धन, निर्णय गर्न सकने क्षमताको बिकास, र प्रभावकारी संचार बिकासमा टेवा पुग्ने उद्देश्यले तालिम राखिएको प्रशिक्षक परमेश्वर झाले जानकारी दिए ।
जीवन उपयोगी सीप शिक्षा पश्चात् किशोर किशोरीमा आउने ब्यवहारिक परिवर्तनमा शिक्षालाई निरन्तरता दिन दृढ निर्णय गर्ने, सानो उमेरमा बिवाह नगर्ने निर्णय, आप्mनो ईच्छा अनुसार बिषय रोज्ने, पेशा अपनाउने र जीवन साथी रोज्ने जस्ता स्वनिर्णय लिने क्षमताको बिकास हुने प्रशिक्षक झाले बताए ।
किशोर किशोरीको हितको लागि गरिने सामुहिक कार्यमा भाग लिने ब्यवहार, किशोर किशोरीको सामुहिक समस्या तथा मुद्वालाई सार्वजनिक गर्ने कार्यमा संलग्न, सामुहिक कार्यमा नेतृत्व गर्ने ब्यबहारको ज्ञान हुने बिश्वास लिएको कार्यक्रम सुपरभाईजर रामनाथ साहले बताए ।
उक्त तालिममा समुन्नती कार्यक्रम अन्तर्गतका क्षेत्रका वालक्ल्वका ३० जना सदस्यहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ