News Category 2075/12/11
किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै

चन्दनकुमार यादब
राजविराज, ११ चैत ।
जीवन उपयोगी सीप शिक्षाले सामुहिक क्षमता बृद्वि, नभई किशोरकिशोरीको मनोसमाजिक समस्या, ब्यक्तिगत समस्याबाट मुक्ती पाउन र ब्यवहारमा परिवर्तन ल्याउन बालकल्वका सदस्यहरू जागरूक हुदैछन् ।
समुन्नती कार्यक्रम अन्तर्गत बालक्लवका सदस्यहरूलाई जीवन उपयोगी सम्बन्धी तीन दिने गोष्ठी कार्यक्रम उनीहरू सचेत हुदै गएका छन् ।
सप्तरीको खड्ग नगरपालिका ५ खरचुहियाँमा सबल नेपालद्वारा आयोजित बाल क्लवहरूलाई जिवन उपयोगीका लागि उनीहरूमा देखिएको प्रतिभासँगै जिवनमा आईपर्ने समस्याको वारेमा तालिमको आयोजना गरिएको हो ।
वालवालिकाहरूमा स्वचेतना, तनावसँग जुद्धन, निर्णय गर्न सकने क्षमताको बिकास, र प्रभावकारी संचार बिकासमा टेवा पुग्ने उद्देश्यले तालिम राखिएको प्रशिक्षक परमेश्वर झाले जानकारी दिए ।
जीवन उपयोगी सीप शिक्षा पश्चात् किशोर किशोरीमा आउने ब्यवहारिक परिवर्तनमा शिक्षालाई निरन्तरता दिन दृढ निर्णय गर्ने, सानो उमेरमा बिवाह नगर्ने निर्णय, आप्mनो ईच्छा अनुसार बिषय रोज्ने, पेशा अपनाउने र जीवन साथी रोज्ने जस्ता स्वनिर्णय लिने क्षमताको बिकास हुने प्रशिक्षक झाले बताए ।
किशोर किशोरीको हितको लागि गरिने सामुहिक कार्यमा भाग लिने ब्यवहार, किशोर किशोरीको सामुहिक समस्या तथा मुद्वालाई सार्वजनिक गर्ने कार्यमा संलग्न, सामुहिक कार्यमा नेतृत्व गर्ने ब्यबहारको ज्ञान हुने बिश्वास लिएको कार्यक्रम सुपरभाईजर रामनाथ साहले बताए ।
उक्त तालिममा समुन्नती कार्यक्रम अन्तर्गतका क्षेत्रका वालक्ल्वका ३० जना सदस्यहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ