News Category 2075/12/11
पशुमा देखिने बाँझोपन रोग निवारण सम्बन्धी शिविर संचालन
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले पशुमा देखिने बाँझोपन रोग निवारण सम्बन्धी सोमबार एक दिने शिविर सञ्चालन गरेको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाको पशु विकास शाखाद्वारा आयोजित उक्त शिविरमा पशुमा देखिएको बाँझोपनको समस्यालाई समाधानका लागि आवश्यक उपचार गरी किसानलाई राहतदिने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिएका छन् ।
उच्च मावि कट्टीका प्रशिक्षक एवं वरिष्ठ पशु चिकित्सक डा. दिपककुमार सिंहको नेतृत्वमा झापाका डा. सिताराम यादव, पशु क्वारेन्टाइन सुनसरीका डा. अंकित घिमिरेसहितकाले पशुको उपचार गरेका थिए ।
सो शिविरमा ९२ जना कृषकको १५ वटा भैंसी र १४० वटा गाईको उपचार गरिएको पशु विकास शाखाका संयोजक मृगेन्द्र प्रसाद सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ