News Category 2075/12/11
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
संघीय संसद सदस्य पदको सपथ लिएका रेशमलाल चौधरीलाई आजिवन कैदको सजाय तोकेपछि आक्रोसित बनेका थारु समुदायले सरकार बिरुद्ध कडा संघर्ष गर्ने तयारी गरेका छन् ।
“रेशम बचाऊ अभियान” र थारु कल्याणकारिणी सभा सप्तरीले संयुक्त रुपमा सोमबार राजविराजमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको तयारी बारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र, वडा, गाउँपालिका र नगरपालिकास्तरमा संघर्ष समिति गठन देखी राष्ट्रिय भेलासम्मको कार्यक्रम सार्वजनिक गरिएको छ ।
आन्दोलनका कार्यक्रम अनुसार पहिलो चरणमा चैत १८ सम्ममा जिल्लाको सबै १८ वटै स्थानिय तहहरुमा संघर्ष समिति गठन गरि चैत १९ गते बिरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको रेशम बचाऊ अभियानका सप्तरी संयोजक रमाकान्त चौधरीले जानकारी दिए ।
यस्तै ६ बैशाखमा थारु यूवाको राष्ट्रिय भेलाको आयोजना गरि आन्दोलनका सशक्त कार्यक्रमहरु घोषणा गरिने तयारी गरिएको जानकारी दिँदै उनले टिकापुर घटना राजनीतिक मुद्दा भएपनि सरकारको भूमिका र अदालतको फैसलाले आन्दोलनको बाटो रोज्न बाध्य बनाएको बताए ।
यस्तै सोही पत्रकार सम्मेलनमा अभियानकी सहसंयोजक कल्पना चौधरीले टिकापुर बिद्रोहलाई आंतककारी घटनाको रुपमा व्यबहार गरिनु तथा थरुहट आन्दोलनकारिलाई छानिछानी झुठो मुद्दा लगाउनु घोर अन्याय र आपत्तिजनक रहेको बताईन् ।
यता थारु कल्याणकारिणी सभाका अध्यक्ष पूर्णप्रसाद चौधरीले टिकापुर घटना सम्बन्धमा पूर्व न्यायाधिश गिरिशचन्द्रलाल दासको नेतृत्वमा बनेको छानबिन टोलीको प्रतिबेदन सार्वजनिक नभएकै बेला अदालतको फैसला आउनु दुर्भाग्यपूर्ण भएको बताए ।
उनले देशव्यापी आन्दोलन चर्काएर सरकारलाई बाध्य पार्ने चेतावनी समेत दिदै अब हुने आन्दोलनमा थारु मात्र नभई मधेशी, आदिवासी, जनजाती, दलित सबै सहभागि हुने र पुरै नेपालमा यसको प्रभाव देखिने ठोकुवा समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ