News Category 2075/12/13
अग्निपीडित परिवारलाई समाजद्वारा आर्थिक सहयोग

दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
नेपाल जनउत्थान प्रज्ञा समाज सप्तरीले सप्तरीको सुरुङ्गा नगरपालिका ९ प्रमाणपुरका एक अग्निपीडित परिवारलाई बुधबार आर्थिक सहयोग प्रदान गरेको छ ।
गत चैत २ गते अचानक भएको आगलागीमा छोरीको बिवाहका लागि साहुमहाजन सँग ऋण लिएर जोहो गरेको नगद रु. ३ लाख र सुनचाँदीको गरगहना तथा अन्नपात लगायतका सबै समान आगलागीमा जलेर नष्ट भएपछि बिजोगमा परेको स्थानिय बिद्यालाल मण्डलको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
छोरीको बिवाहमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ समाजले बिद्यालालको परिवारलाई नगद रु. ५० हजार प्रदान गरेको छ ।
समाजका अध्यक्ष मो. अल्लाउदीन र सुरुङ्गा नगरपालिका ९ का वडाअध्यक्ष पुथ्वीविलास चौधरीले बिद्यालाललाई सो नगद प्रदान गरेका हुन् ।
समाजले यसअघि सो बस्तीका अग्नि पीडित परिवारलाई चामल, दाल, कपडा लगायतका समान बितरण गरेको थियो भने अग्नि पीडित परिवारको समस्यालाई मध्यनजर गरि बस्तीमा ३ थान ट्युबेल समेत जडान गरिदिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ