News Category 2075/12/13
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
कामना सेवा विकास बैंक लि.ले राजविराजमा बुधबारदेखी शाखा विस्तार गरेको छ । यो सँगै बैंकको केन्द्र सहित ७७ वटा शाखा पुगेको छ ।
सो शाखाको उद्घाटन एक कार्यक्रम बीच उद्योग वाणिज्य संघ सप्तरीका वरिष्ठ उपाध्यक्ष शंकर दासले गरेका हुन ।
सो अवसरमा उनले बैंकले सहज, सरल र मैत्रीपूर्ण वित्तिय सेवा दिने विश्वास व्यक्त गर्दै यस क्षेत्रबाट संकलित रकम यसै क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । बैंकका निर्देशक चतुराखर अधिकरीले इन्स्योरेन्स रेमिट्यान्स, एटिएम सेवा सहितको पूर्ण बैंकिग सेवा यस बैंकबाट सहज र सरल रुपमा प्रदान गरिने जानकारी दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले गाउँ गाउँ र शहर शहरमा जनताको वित्तिय पहुँच पु¥याउने उद्देश्यले मुलुकको ७७ स्थानमा शाखा विस्तार भईसकेको र अझै २०÷२५ वटा शाखा विस्तार गर्ने योजना सहित गृह कार्य भइरहेको बताए ।
उनले अबको ६ महिना भित्र देशभर केन्द्र सहित १ सय भन्दा बढी शाखा विस्तार भई सक्ने बताए । अन्य बैंकको तुलनामा ऋणमा सस्तो ब्याज दर, सरल सहज रुपमा कर्जा प्रवाह तथा विश्वसनीय र छिटो छरितो बैंकिक सेवा प्रदान गर्दै आएकोले छोटै समयमा बैंक सर्वसाधारणमा साख बनाउन सफल भएको उनको भनाई थियो ।
पत्रकार महासंघ प्रदेश नं. २ का पार्षद मनोज कुमार माझीले आफ्नो नगरमा कामना सेवा विकास बैंकलाई स्वागत गर्न पाउँदा खुशी लागेको र यहाँका जनताले सरल र सहज रुपमा वित्तिय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै बैंकको प्रगतिको शुभकामना दिए ।
बैंकका प्रोजेक्ट मैनेजर रबी पौडेलद्वारा संचालित कार्यक्रमा बैंक संचालक समितिका प्रमुख सचिव रमेश भट्टराई, बैंकका प्रदेश १ का प्रमुख सुजन राई, प्रदेश २ का प्रमुख राकेश सिंह यादवका साथै स्थानीय व्यवसायी, कर्मचारी, शिक्षक लगायतको उत्साहजनक उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ