News Category 2075/12/13
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ

दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेaत्र भित्रको खाली जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका सयौं व्यक्तिलाई प्रहरीले बल प्रयोग गरि हटाएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका १ वैरवा नजिकको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको खाली जग्गामा झापा, धनकुटा, भोजपुर, उदयपुर, चितवन र गोरखा जिल्लाबाट बस, ट्रक, ट्याक्टर र जिपमा दैनिक उपभोग्य सामाग्रि तथा लत्ताकपडा, भाडाकुडासहित बोकेर आएका व्यक्तिहरुले जबरजस्ती घर बनाउन खोज्दा प्रहरीले बल प्रयोग गरि हटाएको हो ।
जग्गा अतिक्रमण गर्न आएकाहरुले उग्र प्रदर्शन गर्न थालेपछि नियन्त्रणमा लिन प्रहरीद्वारा करिब १९ राउण्ड अश्रृ ग्यास प्रहार गरिएको स्थानियले बताएका छन् ।
झडपको क्रममा घर बनाउन आएकाहरुको अगुवाई गर्ने मंगोल अर्गनाईजेसन केन्द्रिय सदस्य तथा प्रदेश १ का इन्चार्ज शक्ति चाम्लिङ राईसहित एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिइएको डिएसपी रिमालले जानकारी दिएका छन् ।
त्यस्तै नियन्त्रणमा लिइएका अन्यहरुमा उदयपुर चौदण्डीगढी नपा ८ का मिस्टर राई, दुर्गा मगर, बिक्रम राई, निर कुमार राई, सन्तोष राई, मिलन राई, बासुदेब राई, खोटाङ खोटेहाङ गापा ८ का नरेन्द्र राई, सप्तरी सप्तकोसी नपा १ का मन बहादुर गुरुङ र चितवन राप्ती नपा १२ का कृष्ण प्रजा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बल प्रयोग गर्ने क्रममा ती व्यक्तिहरुले ढुंगामुढा गर्दा तीन सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेष रिमालले बताए । यद्दपी जग्गा अतिक्रमणको प्रयास गर्नेहरुको तर्फबाट केही व्यक्ति समेत सामान्य घाइते भएको स्थानियले बताएका छन् ।
विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुले आरक्षको जग्गा अतिक्रमण गरि घर बनाउन खोजेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट त्यसतर्फ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको डिएसपी रिमालले बताए ।
मंगोलियन समूहले सप्तरीमा सरकारले सकुम्वासीहरुलाई जग्गा वितरण गर्न लागेको भ्रामक प्रचार गरेर आरक्षको खाली जग्गामा घर बनाएर बस्ने योजनाका साथ आएको प्रहरीको भनाइ छ ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मंगोलियन समूहले नै उनीहरुलाई जग्गा पाउने झुठो प्रचारबाजी गरेर ल्याएको जानकारी दिँदै घटना बारे थप अनुसन्धान भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ