News Category 2075/12/13
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेaत्र भित्रको खाली जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका सयौं व्यक्तिलाई प्रहरीले बल प्रयोग गरि हटाएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका १ वैरवा नजिकको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको खाली जग्गामा झापा, धनकुटा, भोजपुर, उदयपुर, चितवन र गोरखा जिल्लाबाट बस, ट्रक, ट्याक्टर र जिपमा दैनिक उपभोग्य सामाग्रि तथा लत्ताकपडा, भाडाकुडासहित बोकेर आएका व्यक्तिहरुले जबरजस्ती घर बनाउन खोज्दा प्रहरीले बल प्रयोग गरि हटाएको हो ।
.jpg)
जग्गा अतिक्रमण गर्न आएकाहरुले उग्र प्रदर्शन गर्न थालेपछि नियन्त्रणमा लिन प्रहरीद्वारा करिब १९ राउण्ड अश्रृ ग्यास प्रहार गरिएको स्थानियले बताएका छन् ।
झडपको क्रममा घर बनाउन आएकाहरुको अगुवाई गर्ने मंगोल अर्गनाईजेसन केन्द्रिय सदस्य तथा प्रदेश १ का इन्चार्ज शक्ति चाम्लिङ राईसहित एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिइएको डिएसपी रिमालले जानकारी दिएका छन् ।
.jpg)
त्यस्तै नियन्त्रणमा लिइएका अन्यहरुमा उदयपुर चौदण्डीगढी नपा ८ का मिस्टर राई, दुर्गा मगर, बिक्रम राई, निर कुमार राई, सन्तोष राई, मिलन राई, बासुदेब राई, खोटाङ खोटेहाङ गापा ८ का नरेन्द्र राई, सप्तरी सप्तकोसी नपा १ का मन बहादुर गुरुङ र चितवन राप्ती नपा १२ का कृष्ण प्रजा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बल प्रयोग गर्ने क्रममा ती व्यक्तिहरुले ढुंगामुढा गर्दा तीन सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेष रिमालले बताए । यद्दपी जग्गा अतिक्रमणको प्रयास गर्नेहरुको तर्फबाट केही व्यक्ति समेत सामान्य घाइते भएको स्थानियले बताएका छन् ।
विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुले आरक्षको जग्गा अतिक्रमण गरि घर बनाउन खोजेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट त्यसतर्फ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको डिएसपी रिमालले बताए ।

मंगोलियन समूहले सप्तरीमा सरकारले सकुम्वासीहरुलाई जग्गा वितरण गर्न लागेको भ्रामक प्रचार गरेर आरक्षको खाली जग्गामा घर बनाएर बस्ने योजनाका साथ आएको प्रहरीको भनाइ छ ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मंगोलियन समूहले नै उनीहरुलाई जग्गा पाउने झुठो प्रचारबाजी गरेर ल्याएको जानकारी दिँदै घटना बारे थप अनुसन्धान भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ