News Category 2075/12/14
प्रदेश २ मा विज्ञान विषयको परिक्षा रद्द, चैत २२ मा पुनः परिक्षा लिने
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
एसईई परीक्षा अन्तरगत बिहीबार सम्पन्न विज्ञान विषयको परिक्षाको प्रश्नपत्र बुधबार राती नै बाहिरिएको पुष्टि भएपछि सो परिक्षा रद्द गरिएको छ ।
परिक्षा अगावै प्रश्नपत्र बाहिरिपछि प्रदेश २ को ८ वटै जिल्लाको विज्ञान विषयको परिक्षा रद्द गरिएको हो । रद्द गरिएको विज्ञान विषयको परिक्षा पुनः आगामी २२ चैतमा लिइने छ ।
यसअघि जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) को चौथो दिन बिहिवार विज्ञान विषयको परिक्षा अगावै प्रश्नपत्र बाहिरिएछि बिहिवारै बसेको जिल्ला परीक्षा समन्वय समिति सप्तरीको बैठकले विज्ञान विषयको परीक्षा रद्द गर्न सम्बन्धित निकायमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल बताए ।
यता प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माका अनुसार बिहीबार सम्पन्न विज्ञान विषयको परिक्षामा परिक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सन्दर्भमा विभिन्न जिल्लाबाट आएको सिफारिसको आधारमा यस्तो निर्णय गरिएको बताए ।
सप्तरीमा यसपल्ट कायम गरिएको ३४ वटा परीक्षा केन्द्रबाट ८ हजार ७ सय ९८ परीक्षार्थी परीक्षा दिइरहेका छन् भने विज्ञान विषयको परिक्षा रद्द भएपछि प्रदेश २ मा परिक्षा दिइरहेका ७० हजार ५ सय ६८ विद्यार्थीहरु निराश भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ