News Category 2075/12/16
प्रगतिशील लेखक संघको अध्यक्षमा पार्वती राउत
राजविराज÷प्रगतिशील लेखक संघ नेपालको प्रथम सम्मेलनबाट पार्वती राउतको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा सम्पन्न सप्तरी जिल्ला सम्मेलनले राउतको अध्यक्षतामा जिल्ला कार्य समिति चयन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा मेघराज पौडेल, सचिवमा भोजराज मुखाले, सहसचिवमा रोमा लम्साल र कोषाध्यक्षमा इश्वरीप्रसादलाई चयन गरिएको छ भने समितिको सदस्यहरुमा इन्द्रबहादुर थापा, बोधराज सुबेदी, शिवप्रसाद आचार्य र मनोहरकुमार रहेका छन् ।
एक समारोहका बीच सम्मेलनको प्रलेस नेपालका केन्दीय उपाध्यक्ष मिश्र बैजयन्तीले पानसमा बत्ती बालेर उद्घाटन गरिन् ।
उद्घाटनका गर्दै उनले उपभोक्तावादी संस्कृति हावी हुंदै गएकोले प्रगतिशील लेखक तथा साहित्यकारहरुले सचेत हुनुपर्नेमा जोड दिए । त्यस्तै सम्मेलनमा राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले मुलुकमा प्रगतिशील लेखकीय र साहित्यको भूमिका झनै बढेको बताए ।
कञ्चनरुप नगर प्रमुख बसन्त मिश्रले समाजमा भइरहेको बेथितीविरुद्ध लेखकहरुले खवरदारी गरिरहनु पर्ने बताए । त्यस्तै सप्तकोशी नगर प्रमुख उत्तम शर्माले समाज परिवर्तनको लागि साहित्य नै महत्वपूर्ण र धारिलो हतियार रहेको बताए ।
कार्यक्रममा चन्द्रमणी पौडेल, तिर्थराज पोखरेल, नन्दलाल आचार्य, मेघराज पौडेल, भोजराज मुखाले, पार्वती राउत, रोमा लम्साल, सुरेन्द्र गुप्ता, बोधराज सुबेदीलगायतले कविता, गजल र मुक्तक वाचन गरेका थिए ।
सम्मेलनले आगामी चैत २२–२३ मा हुने राष्ट्रिय सम्मेलनका लागि चन्द्रमणी पौडेल, लम्साल र मुखालेलाई पठाउने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ