News Category 2075/12/17
दुई सातापछि भारतबाट बालक रामको उद्धार
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
चैत १ गतेदेखी हराइरहेका सप्तरीका एक बालकको भारतबाट उद्दार गरि परिवारजनको जिम्मा लगाइएको छ ।
सप्तरीको राजगढ गाउँपालिका ६ फकिरा टोल निवासी १२ वर्षिय बालक राजकुमार रामको भारत बिहार राज्यको दरभंगाबाट उद्दार गरि आइतबार स्थानिय प्रशासनले परिवारको जिम्मा लगाएको हो ।
फकिराबाट दिदीलाई भेट्न चैत १ गते सीमावर्ती भारतीय बजार लौकहीतर्फ जाने क्रममा भुलवस बालक राम दरभंगा जाने बसमा चढेका थिए । गाडीमै निदाएका उनलाई चालकले दरभंगा पुगेपछि रेल्वे स्टेशन चौक नजिक ओरालेका थिए ।
नयाँ ठाउँमा ओर्लेर अलपत्र परेका उनलाई भारतीय रेल्वे प्रहरीले सोही दिन राती ११ बजे तिर दरभंगास्थित बाल कल्याण विभागको जिम्मा लगाएको थियो । विभागले बालक रामसँग आवश्यक विवरण बुझ्दै त्यसबारे जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरेको थियो ।
भारतको दरभंगाबाट विभाग मार्फत खबर हुना साथ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आवश्यक कागजातसहित बाल कल्याण समिति सप्तरीका सदस्य सचिव बैजनाथ झालाई त्यसतर्फ पठाएका थिए ।
बालक रामलाई लिएर झा फर्केपछि आइतबार जिल्ला प्रशासन कार्यालयमा आफन्तलाई जिम्मा लगाइएको छ । हराएको १६ औं दिनपछि भएको परिवारिक मेलले बालकसँगै आमा बुबा निकै हर्षित देखिन्थे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ