News Category 2075/12/17
रेशम चौधरी लगायत ११ जनाको मुद्दा खारेजीको माँग गर्दै प्रमलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
प्रतिनिधि सभा सदस्य पदको शपथ लिएका रेशमलाल चौधरीसहित ११ जनामाथी लागेको जन्मकैदको मुद्दा खारेज लगायतको ११ बुँदे माँग अघि सार्दै आइतबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
“रेशम चौधरी बचाऔ”ं अभियान संघर्ष समितिका संयोजक रमाकान्त चौधरी (राज थारु)को अगुवाईमा ¥याली निकाल्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बझाइएको हो ।

स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको संघर्ष समितिको ¥यालीमा रेशम चौधरीसहित ११ जना थरुहट आन्दोलनकारीमाथी लागेको जन्मकैदको मुद्दा खारेजी गरी अविलम्ब रिहा गर, थरुहट आन्दोलनका क्रममा भएका सम्झौता संविधान संशोधन गरेर कार्यान्वयन गर, टिकापुर घटना छानबिनका लागि बनेका विभिन्न छानबिन समिति र आयोगको प्रतिवेदन सार्वजनिक गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकी उनीहरु जिल्ला प्रशासन कार्यालय पुगि ज्ञापनपत्र बुझाएका थिए ।
यस्तै ज्ञापनपत्रमा राजनीतिक मुद्दामा अदालतले ११ जनालाई गरेको जन्म कैदको फैसलाप्रति आपत्ति जनाउँदै माँग सम्बोधन नभए कडा संघर्ष गर्ने चेतावनी समेत दिइएको छ ।
टिकापुर घटनाको विषयमा कैलाली जिल्ला अदालतले सासंद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेपछि सो अदालतको फैसला र सरकारको भूमिकाप्रति तिब्र असन्तुष्टि जनाउँदै थारु समुदाय जिल्ला जिल्लामा संघर्ष समिति गठन गरि आन्दोलनको तयारी गरिरहेको संयोजक चौधरीले बताए ।
यता ज्ञापनपत्र बुझ्दै प्रजिअ पौडेलले तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ