News Category 2075/12/20
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी गाउँपालिकाद्वारा एक लाख सहयोग
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बारा र पर्सा जिल्लाका हावाहुरी पीडितका लागि एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतबार सो गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहले प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश नं. २ मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी एक लाख रुपैयाँको चेक बुझाएका हुन ।
चेक बुझ्दै प्रजिअ पाण्डेले तत्कालै सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने जानकारी दिए । यसअघि गाउँपालिका बसेको बैठकले हुरीका कारण घरवारविहिन बनेका बारा र पर्साको पीडित जनताको सहयोगका लागि तत्कालीन राहत स्वरुप एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।
मुख्यमन्त्री राहत कोष मार्फत पीडितलाई राहत रकम उपलब्ध गराउने निर्णय अनुसार तत्काल एक लाख रुपैयाँ पठाइएको र अन्य विभिन्न खाले सहयोग जारी राख्ने गाउँपालिका प्रमुख सिंहले बताए ।
गत आईतवार आएको हावाहुरीका कारण बारा र पर्सा जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ