News Category 2075/12/20
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
हङकङमा सम्पन्न तेश्रो एशियाली यूथ एथलेटिक्स प्रतियोगितामा स्वर्ण पदक जितेका राजविराज निवासी अजित यादव गृह जिल्ला सप्तरीमा सम्मानित भएका छन् ।
राजविराज नगरपालिका १२ निवासी यादवलाई बुधवार एक कार्यक्रमबीच राजविराज नगरपालिका कार्यालयले सम्मानपत्र, दोसल्ला तथा नगद १ लाख १ हजार एक सय एक रुपैयासहित सम्मान गरेको हो ।
सो अवसरमा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले आफ्नो एक महिनाको तलब नगद रु. ३५ हजारसमेत अजितलाई प्रदान गरे ।
अजितले तेश्रो एशियाली यूथ एथलेटिक्स च्याम्पियनशिपको पुरुषतर्फ ३ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए । उनले आठ मिनेट ३०.३० सेकेन्डमा सो दुरी पुरा गरेका थिए । नेपाललाई युथ एशियाली खेलकुदमा स्वर्ण पदक दिलाउने अजित पहिलो खेलाडी समेत बनेका हुन ।
यसअघि प्रदेश २ का सरकारले पनि प्रोत्साहन स्वरुप अजितलाई ५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले ५१ हजारसहित सम्मान गर्ने घोषणा गरेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, उपमेयर साधना झालगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ