News Category 2075/12/21
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा, पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको सम्बन्धमा केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेको अनुसन्धानले प्रहरी नै सो घटनामा संलग्न रहेको खुलासा गरेको छ ।
प्रहरी साथीलाई पास गराउने तथा प्रश्नपत्र बिक्री गरेर आर्थिक लाभ गर्ने उद्देश्यले प्रश्नपत्र चोरी गर्ने काम भएको अनुसन्धानको क्रममा खुलेको जनाइएको छ । सामाजिक अध्ययन विषयको प्रश्नपत्र एक हजारदेखि १२ सयसम्म रुपैयाँ लिएर म्यासेन्जरमार्फत बिक्री गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा बिहीवार सिआइबीले पत्रकार सम्मेलन गरि सो घटनाको खुलासा गर्दै त्यसमा संलग्न मुख्य नाइके राजविराज नगरपालिका १० घर भई हाल सिरहाको कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत, उनका दाजु विष्णुदेव सुनरैत, कञ्चनरुप नगरपालिका–६ घर भई प्रहरी चौकी कल्याणपुरमै कार्यरत अर्का प्रहरी जवान दिपेन्द्र कुमार मण्डल, राजविराज–१६ निवासी शिक्षक मनोज यादव, हनुमाननगर कंकालिनी नगरपालिका–१ निवासी राजेश यादव र उमेश यादवलाई सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबीआइ) को टोलीले आइटी विशेषज्ञको सहयोगमा सुक्ष्म अनुसन्धान र छानविन गरेपछि अपराधी पक्राउ गर्न सफलता हात मिलेको सिबीआई नायव प्रहरी महानिरीक्षक निरजबहादुर शाहीले जानकारी दिए ।
प्रहरी चौकी कल्याणपुरमा प्रश्नपत्र सुरक्षाका लागि खटिएका प्रहरी जवान सुनरैतले चौकीका प्रमुख खाना खान गएको मौकाछुपी उनको ब्यागबाट प्रश्नपत्र राखिएको कोठाको साँचो चोरेर प्रश्नपत्रको फोटो खिचेको उनले जानकारी दिए । सुनरैतका प्रहरी साथी दिपेन्द्र मण्डल पनि यस पटकको एसईई परीक्षामा सहभागी छन् ।
सुनरैतले प्रहरी साथीलाई प्रश्नपत्र चोरेर सहयोग गर्ने तथा प्रश्नपत्र बिक्री गरेर लाखौं कमाउने नियतले त्यसो गरेको पाइएको नायव प्रहरी महानिरीक्षक शाहीले बताए । उनले प्रश्नपत्र हात पारेपछि आफ्ना प्रहरी मित्र मण्डललाई सजिलै पास गराउन प्र्रवेशपत्रको फोटो उप्काएर दाजु विष्णुदेवको फोटो टाँस गरी उनैलाई मण्डलको सट्टामा परीक्षामा परीक्षार्थीको रुपमा सहभागी समेत गराएका थिए ।
यसरी प्रश्नपत्रको फोटो मोबाइलमा खिचेर तथा दाजुलाई नै नक्कली परीक्षार्थी बनाएर प्रहरी साथीलाई सहयोग गर्नुका साथै पैसा कमाउने उद्देश्यले उनले शिक्षक मनोज यादव र हनुमाननगर कंकालिनी नगरपालिकाका राजेश यादव र उमेश यादवलाई पनि आफ्नो योजनामा जोडेका थिए ।
प्रश्नपत्रको फोटो खिचेर प्रहरी साथीलाई दिने र उनको स्थानमा दाजु विष्णुदेवलाई नक्कली परीक्षार्थी बनाएर परीक्षामा सहभागी गराएको स्वीकार गरिसकेका ब्रह्मदेव र दिपेन्द्रलाई प्रहरी ऐन अनुसार विभागीय कार्वाहीका अतिरिक्त अन्य कार्वाही गरिने उनले जानकारी दिए । यस्तै शिक्षक यादवसहित अन्य चारजनालाई प्रचलित कानून बमोजिम कार्वाही गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ