News Category 2075/12/23
एकै रात पाँच जनाको घरमा लाखौंको चोरी
राजविराज÷सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ का पाँच घरबाट नगदसहित लाखौको गरगहना चोरी भएको छ ।
शुक्रबार राती चोरहरुले चाँदीको कडा, सिक्री, पाउजु, सुनको फूली, एल.सि.डी., मोवाईल लगायतको सरसमान चोरेर लगेका छन् ।
स्थानिय सरोज सरदारको ३२ ईन्चको एल.सि.डी. १ थान, मोवाईल १ थान, चाँदीको गहना ४५ तोला, सुन २ आना, नगद ४० हजार, अण्डा १ कार्टुन, टर्च लाईट, घडी लताकपडा गरि एक लाख २२ हजार मुल्य बराबरको चोरेर लगेका हुन् ।
यस्तै राम वावु सरदारको चाँदीको गहना ११ तोला र नगद पाँच हजार गरी १५ हजार वरावरको चोरी भएको छ । यस्तै गुजरी देवी सदाको घरमा सिन खनेर वाकासमा राखेको ६० तोलाको चाँदीको गहना, सुन २ आना, नगद पाँच हजार गरी करिव ६० हजार धनमाल चोरी भएको छ ।
यसैगरी सुखरी सदाको २० तोला चाँदी र लताकपडा गरी लगभग १६ हजार चोरी भएको जनाएको छ । चोरहरुले सियालाल सरदारको घरमा समेत केही गरगहना र लताकपडा चोरेको स्थानीयले वताएका छन । चोरहरुले वाँकास उठाएर लगी नजिकै खेतमा लगेर ताल्चा फोरी गरगहना, नगद लगायतका सरसामान लगेर वारीमा वाँकास छोडेको पीडितहरुले जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ