News Category 2075/12/23
रुपनीमा निशुल्क आँखा शिविर सम्पन्न
राजविराज÷सप्तरीको रुपनी गाउँपालिकामा शनिबार एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
जनता बैंक रुपनीको आयोजना तथा गामठाम उत्थान समाज सप्तरीको सहआयोजना आयोजित उक्त शिविरको सो गाउँपालिकाका अध्यक्ष हरेराम यादवले उद्घाटन गरे ।
सम्पन्न आँखा शिविरमा ६ सय ५० जना आँखाका बिरामीहरुको उपचार गरिएको छ । जसमध्ये १ सय ३० बिरामीमा मोतियाबिन्दु देखिएकोले लहान रेफर गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
शिविरमा प्राविधिक सहयोग नेपाल नेत्र ज्योती संघ र सगरमाथा चौधरी आँखा अस्पताल लहानले गरेको थियो ।
जनता बैंक रुपनीका शाखा प्रबन्धक रुपेश कुमार यादवको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन गरिएको थियो ।
शिविरमा बिरामीहरुलाई निशुल्क चश्मा र औषधी बितरण गरिएको थियो भने शिवरमा सात जना चिकित्सकको टोलीले स्वास्थ्य उपचार प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ