News Category 2075/12/24
एनआइसी एशिया बंैकको चमत्कारीक बचत निक्षेप योजना सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
एनआइसी एशिया बैंक स्थापना भएको २१ वर्ष पुरा गरि २२ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकिङ क्षेत्रमा सर्वाधिक उच्च ब्याजदरसहित २२ वटा चमत्कारीक विशेषताहरु रहेको विभिन्न १५ नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।
प्रदेश २ का बैंकको उपप्रादेशिक कार्यालयका प्रमुख विवेक बन्धु न्यौपानले राजविराज शाखामा आइतबार पत्रकार सम्मेलन मार्फत ती योजनाहरु बारे बिस्तृत जानकारी दिएका हुन् ।
उनले मुलुकभरी रहेको आफ्ना २ सय ८१ वटै शाखा कार्यालयहरु अनलाइनबाट ग्राहकहरुले सहज रुपमा बिना झन्झट खोल्न सक्ने दाबी समेत गरे ।
आयोजित पत्रकार सम्मेलनमा उनले ग्राहकहरुको बचत गर्ने बानीलाई अभिबृद्धी गर्ने उद्देश्यले चमत्कारीक बचत खाता, चमत्कारीक नारी बचत खाता, चमत्कारीक जेष्ठ नागरिक बचत खाता, चमत्कारीक बाबुनानी बचत खाता, चमत्कारीक बिद्यार्थी बचत खाता, चमत्कारीक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरि ल्याईएको चमत्कारीक तलब बचत खाता सार्वजनिक गरेको जानकारी दिए ।
ल्उनले बंैैकिङ सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो शाखा संञ्जाल भएको एनआईसी एशिया बैंकले ल्याएको चमत्कारीक बचत तथा निक्षेप योजनाबाट ग्राहकहरुले १५ लाखसम्मको दुर्घटना बिमा र १५ लाखसम्मको १८ घातक रोगहरुको बिमा तथा १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा प्राप्त गर्न सक्न जानकारी दिए ।
यस्तै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको योजनाहरुमा २२ चमत्कारीक फाइदाहरुसहित ल्याइएको योजनाले सबै क्षेत्र, भेग, तह र तप्काले फाइदापुग्ने बिश्वास बैंकले लिएको उनको भनाई छ ।
यस्तै बैंकले नेपालमै पहिलो पटक क्धभभउ क्ष्ल(क्धभभउ इगत को सुविधा समेत ल्याएको छ । देशैभरी रहेका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदालगायत चमत्कारीक फाइदाहरु समेत प्रदान गरिने गरी चमत्कारीक वचत खाताहरुको योजना ल्याइएको जनाइएको छ ।
यसबाहके बैंकले सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाकासाथ चमत्कारीक नारी वचत योजना, घरमै बैंकिङ सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारीक जेष्ठ नागरिक बचत योजना, बाबुनानी बचत योजना, चमत्कारिक बिद्यार्थी बचत योजना र कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चमत्कारीक फाइदाहरुको साथ चमत्कारीक तलब बचत योजना समेत सार्वजनिक गरेको छ ।
मुलुकभर २ सय ८१ शखा कार्यालयहरुबाट २ सय ८९ एटिएम, ३९ एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकमा करिब १५ लाख ग्राहकहरू आवद्ध रहेका छन् ।
आयोजित पत्रकार सम्मेलनमा बैंकको प्रदेश २ प्रादेशिक कार्यालयका अधिकृत गोपाल प्रसाद सुवेदी, राजविराज शाखाका प्रबन्धक मुकेश साह, बैंकका कर्मचारी, ग्राहकलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ