News Category 2076/01/01
सेनाले दियो बिपद् ब्यबस्थापन बारे तालिम
दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
बिपदको पूर्व तथा आईसकेपछि अपनाउनु पर्ने साबधानी तथा त्यसको कृतिम अभ्यास सम्बन्धी नेपाली सेनाले सप्तरीका सम्पूर्ण स्थानिय तहका विपद् व्यवस्थापनका फोकल पर्सनलाई तालिम दिएको छ ।
बिपद ब्यबस्थापन निर्देशानालय जंगी अडा काठमाडौ, भिमदल गण राजबिराजको आयोजनामा तथा राजबिराज नगरपालिका, तिलाठी कोईलाडी, बिष्णुपुर गाँउपालिका, रूपनी गाँउपालिका, छिन्मस्ता गाँउपालिका, केभिएस, सबल नेपालको संयोजनमा दैबिक प्रकोप तथा बिपद ब्यबस्थापन उक्त चार दिने तालिकमको आयोजना गरिएको थियो ।
नेपाली सेनाले बिपद जोखिम न्युनिकरण राष्ट्रिय रणनीति कार्ययोजना अनुसार समुदायमा अधारित बिपद जोखिम न्युनिकरण प्रबद्र्धन अन्तर्गत स्थानिय बिपद प्रतिकार्य, खोज तथा उद्वार टोलीको गठनका लागि तालिमको आयोजना गरिएको बिपद ब्यबस्थापन निर्देशानालय जंगी अडाका अन्तर्गत बिपद ब्यबस्थापन कार्यको लागि नम्वर १ बिपद ब्यबस्थापन टोली मेजर जित बहादुर थापाले जानकारी दिएका छन् ।
समुदायमा अधारित तालिम प्राप्त पूर्व अभ्यास क्रियाशिल स्वयमंसेवकहरूको प्रथम उद्वारक संयन्त्रको बिकास र क्षमता अभिबृद्वि गर्ने उदेश्यले समुदाय बिपद प्रतिकार्य योजना बमोजिम कार्यक्रमको आयोजना गरिएको थियो ।
दैबिक प्रकोप तथा बिपद ब्यबस्थापन सम्बन्धमा ग िस्रएको तालिममा, नदिमा आउने बाढी, आकस्मिक बाढी, सम्मिश्रत बाढी, बाढी उद्वारमा साबधानी, बाढीको कारण उत्पन हुने प्रकोप सम्बन्धी सर्तक हुनका लागि प्रयोगात्मक प्रशिक्षण तथा कृतिम अभ्यासले ठुलो सहयोग पुग्ने निमित गणपति गिरीले बताए । बिपदको समयमा आईपर्ने समस्यालाई समाधान गर्न यस तालिमले ठुलो सहयोग पुग्ने बिश्वास लिएको निमित्त गणपति गिरीको भनाइ छ ।
पानीको गहिराई र बाढीमा हुनसक्ने आक्रमक जिवहरूबाट जोगिनका लागी, पानीको बेग, पानीको छाल र दिशा, पानीको तामक्रम, पानी घुमेको स्थान उद्वारको तरीका वारेमा सहजिकरण गरिएको भिम दल गणका निमित गणपति कुशल गरीले जानकारी दिए ।
रिच, रो, स्वमिंग, र टुविंग गरेर उद्वारमा सुरक्षित तरिका अपनाउन पर्ने विधि, बाढीमा डुबेको मानिस देख्ने बितिकै उपयुक्त तरिकाले तुरून्त पानीवाट बाहिर निकाली, कपडा निकाल्ने, खुकुलो पार्ने,, कृतिम श्वास दिने, होसमा आएपछि झोल खुवाउने, जस्ता तरिका वारेमा सहजिकरण गरेको थियो ।
तालिम समापन कार्यक्रममा भिमदल निमित गणपति कुशल गिरी, मेजर अमरबहादुर थापा, बिपद ब्यबस्थापन निर्देशानालय नम्वर १ का मेजर जितबहादुर थापा, मध्यपृतना धारापानी धनुषा नेपाली सेना बिपद रेसक्यु मोवाईल टोलीका जमदार प्रकाश बसौला क्षेत्री, अमलदार नरबहादुर मगर,सिपाही डम्वर घर्ती, संतोष बहादुर सिँह ले सहजिकरण गरेका थिए ।
तालिममा तिरहुत गाँउपालीका उपाध्यक्ष तिर्थमाया खंग, तिलाठीकोईलाडी बिपद ब्यबस्थापन शाखाका राजेश झा, रूपनी गाँउपालीका बिपद ब्यबस्थापन शाखाका मिथलेश यादब, राजबिराज नगरपालिका बिपद शाखाका उमेश यादब, ज्योतिष यादब समाजिक शाखाका रंजिता यादब, नेपाल पत्रकार महासंघ सह सचिव चन्दनकुमार यादब, सेभ द सप्तरीका भोगेन्द्र चौधरी, केभिएसका प्रबिण यादब, रामदेब यादबलगायतका बिपद क्षेत्रमा काम गर्ने संघ संस्थाका ३५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ