News Category 2076/01/04
विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
प्रदेश २ अन्तर्गतका सप्तरी, सिरहा र पर्साको विभिन्न स्थानहरुमा मंगलवार र बुधबार भएको छुट्टाछुट्टै आगलागीमा करिब ५० लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
राजबिराज नगरपालिका वडा नं. ४ स्थित जनआन्दोलन चोक नजिक रहेको बिनोद साहको घरको विद्युत सर्किट सर्ट भइ मंगलबार राती आगलागि हुँदा भावनाथ देवको कपडा पसल, मनोज साहको होटल, सन्तोष साहको होटल, बिनोद चौरसियाको मोबाईल मर्मत केन्द्र र बिनोद शाहको घरमा आगलागि हुँदा करिब ३८ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार भावनाथ देबको कपडा पसलका सम्पूर्ण सामान जल्दा करिव १४ लाख, मनोज साह र सन्तोष साहको होटलको सम्पूर्ण सामानहरु जल्दा करिब २ लाख ५० हजार र ६ लाख, बिनोद चौरसियाको मोवाईल मर्मत केन्द्रमा रहेको सामानहरु पूर्ण रुपमा जल्दा करिव १ लाख ६० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।

यता सो आगलागिबाट बिनोद साहको घर र घर भित्र रहेको लत्ताकपडा, भाडा वर्तन र काठपात समेत जलेर नष्ट हुँदा करिव १३ लाख बरावरको क्षति भएको प्रदेश २ प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो आगोलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी टोली, स्थानिय र दमकलको सहयोगमा राती नै पुर्ण रुपले नियन्त्रणमा लिइएको थियो ।
यस्तै सिरहाको गोलबजार नगरपालिका १२ स्थित बेतौनामा नरहा गाउँपालिका १ वस्ने फुल कुमार मण्डलले संचालन गरेको शिवानि फर्निचर उद्योगमा बिद्युतको तार सर्ट भई मंगलवार अचानक आगलागी हुँदा फर्निचर उद्योग र फर्निचरका सामानहरु पूर्ण रुपले जलेर नष्ट हुँदा करिव १० लाख बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाले जनाएको छ ।
त्यस्तै वीरगंज महानगरपालिका १० अशोकबाटीकास्थित हरेन्द्र साहले संचालन गरेको शिवरानी आईसक्रिम उद्योगमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा उद्योग भित्र रहेका फ्रिज, पानी तान्ने मोटर, आईसक्रिम बनाउने कच्चा पदार्थ र फर्निचरका सामानहरु जलि नष्ट हुँदा करिब १ लाख ५ हजार मुल्य बरावरको क्षति भएको अस्थाई प्रहरी पोष्ट शिवपार्वती पर्साले जानाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ