News Category 2076/01/06
नेपाल सहकारीको भवन निर्माण कार्य सुरु
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
नेपाल सहकारी संस्था लि. राजविराजले शुक्रबार भवन निर्माणका लागि भूमि पुजन गरेको छ ।
राजविराज ४ स्थित मेनरोडमा रहेको जग्गामा संस्थाका अध्यक्ष शत्रुधनप्रसाद गुप्ताले पुजापाठ गर्दै भवन निर्माणका लागि विधिवत् रुपमा शुभारम्भ गरेका हुन् ।
एक वर्षभित्र चार तल्ले भवन निर्माण सम्पन्न गर्ने गरि शुक्रबारदेखी भवन निर्माण कार्य सुरु गरिएको भवन निर्माण समितिका संयोजक रणधीर कर्णले जानकारी दिए ।
झण्डै २ करोड ५० लाखको लागतमा भुकम्प प्रतिरोधात्मक तथा अत्याधुनिक तरिकाबाट उक्त भवन निर्माण गरिन लागेको संयोजक कर्णले बताए ।
उक्त भूमि पुजनको अवसरमा राष्ट्रिय सहकारी बैंकका संचालक समिति केन्द्रिय सदस्य विश्वनाथ मण्डल, बैंकका राजविराज शाखा प्रबन्धक विष्णु पराजुली, ग्लोबल सहकारी संस्थाका अध्यक्ष सुखराम यादव, सृजना फाइनान्स राजविराजका प्रबन्धक राजकुमार यादव, नेपाल कर्मचारी बचत तथा ऋण सहकारी संस्था योगेन्द्र देव, संस्थाका सचिव एवं प्रबन्धक शंकरप्रसाद साह, संस्थाका संचालक सदस्य, लेखा समितिका संयोजक तथा सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ