News Category 2076/01/06
हनुमानजयन्ती मनाइयो
दैनिक समाचारदाता
राजविराज, ६ वैशाख ।
विश्व हिन्दु परिसद् युवा विभागले शुक्रबार राजविराजमा हनुमान जयन्ती मनाएका छन् ।
राजविराजस्थित स्थानिय शिव मन्दिरको प्राङ्गनबाट निस्केको साधुसन्त तथा हिन्दु परिसद् यूवा विभागका सदस्यहरु सम्मिलित ¥यालीमा नाचगान, भजन, किर्तन गरि रथयात्रासहित राजविराज नगरको परिक्रमा गरिएको छ । सो ¥यालीमा हिन्दु राष्ट्र कायम गर्न समेत नारा लगाइएको थियो ।

नगर परिक्रमा पश्चात् सो ¥याली पुनः शिव मन्दिरसँगै रहेको हनुमान मन्दिरमा पुगेको थियो । सोही हनुमान मन्दिरमा ५ सय साधु सन्त, बालबालिका, बृद्धबृद्धा लगायतलाई निशुल्क भोजन गराइएको विभागका प्रमुख जंगबहादुर सिंहले जानकारी दिए ।

यसैबीच मारवाडी युवा मञ्चको अगुवाइमा समेत हनुमानको पूजाराधना गरी भजन, कीर्तन र नृत्य गरेर हनुमानजीको जन्मोत्सव मनाइएको छ ।
सामान्यतया सङ्कटमोचन हनुमानको पूजापाठ एवम् हनुमान चालिसा, मन्त्र र स्त्रोत्र पाठ गर्नाले शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने र भूतप्रेत पिशाचले दुःख नदिने जनविश्वास छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ