News Category 2076/01/07
प्रत्येक स्थानिय तहले एकजना संचार संयोजक नियुक्त गर्नु ः महासंघ
राजविराज÷प्रदेश २ को रौतहटस्थित चन्द्रनिगहापुरमा शनिबार सम्पन्न प्रदेशस्तरिय साना लगानीका संचार माध्यमको प्रवद्र्धनमा स्थानिय तहको भूमिका सम्बन्धी कार्यक्रमबाट १५ बुँदे घोषणापत्र जारि गरिएको छ ।
स्थानिय तहले स्थानीय स्तरबाट संचालित मिडियाहरुमा प्राथमिकताका साथ विज्ञापन, सूचना उपलब्ध गराउनुका साथै सरकारले पत्रपत्रिकालाई हाल उपलब्ध गराउदै आएको लोककल्याणकारी विज्ञापन दोब्बर गराउन लगायतका माँग गर्दै सो १५ बुँदे घोषणा पत्र जारि गरिएको हो ।
प्रत्येक स्थानिय तहले एकजना संचार संयोजक नियुक्त गर्ने प्रावधान अनिवार्य रुपमा कार्यान्वय गराउनुका साथै प्रत्येक जिल्लाको प्रतिनिधित्व रहने गरी प्रदेश स्तरिय विज्ञापन प्राधिकरण गठन गराउन घोषणा पत्रमार्फत जोडदार माँग गरिएको छ ।
जारि गरिएको घोषणा पत्रमा पाँच जनासम्म पत्रकार तथा कर्मचारी कार्यरत साना लगानीका स्वरोजगारमूलक संचारमाध्यममा श्रमजिवी पत्रकार ऐनको तलब सेवा सुविधा सम्बन्धी व्यवस्था लागु नहुने व्यवस्था गराउन माँग गरिएको छ । सिरहा र सप्तरी लगायत जिल्लामा सरकारले उपलब्ध गराउन बाँकी रहेका लोक कल्याणकारी विज्ञापन तत्काल उपलब्ध गराउन पहल गर्न माँग गर्दै साना लगानीबाट संचालित मिडियालाई प्रविधि मैत्री बनाउन माँग गरिएको छ ।
त्यस्तै स्थानिय तह र प्रदेश तहमा बन्ने ऐन नियम साना लगानी मिडिया प्रवद्र्धन मैत्री बनाउनुका साथै समानुपातिक विज्ञापन प्रणाली तत्काल कार्यान्वयन गराउन माँग गरिएको छ ।
समाचार लेखेकै आधारमा साइबर अपराध अन्तरगत पत्रकारलाई पक्राउ गर्न सक्ने ऐन खारेज तथा निर्वाधपूर्वक समाचार लेख्ने वातावरण तयार पार्न र पत्रकारको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्न माँग गरिएको छ ।
सम्बन्धीत जिल्ला हुलाक कार्यालय मार्फत नै स्थानिय पत्रपत्रिकाको अभिलेखीकरण तथा लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था लागु गर्न घोषणा पत्रमा माँग गरिएको छ ।
घोषणा पत्र जारि गर्न अघि सम्पन्न कार्यक्रममा प्रदेश २ का आठै जिल्लाका संचारकर्मीहरुले साना मिडियाहरुले स्थानिय तहबाट कुनै प्रकारको सेवा सुविधा पाउनबाट बञ्चित भइरहेको अवस्थाप्रति ध्यानाकर्षण गराएका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा साना लगानीका मिडिया हकहित तथा संरक्षण समितिका संयोजक गोबिन्द चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय संसद प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिका सभापति रामनारायण विडारीको प्रमुख आतिथ्य, प्रदेश २ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, प्रतिनिधिसभा सदस्य अनिल झा, नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, सचिव शितल महतो, केन्द्रिय सदस्यद्व अवधेश झा, शैलेन्द्र झा, प्रदेश २ महासंघका अध्यक्ष दिपेन्द्र चौहान, सूचना तथा प्रसारण विभागका महानिर्देशक बालकृष्ण घिमिरे, रौतहटका प्रजिअ किरण थापा, नेकपाका नेता युवराज भट्टराईको विशेष उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ