News Category 2076/01/08
संस्थागत विद्यालयहरु मर्कामा पर्दै गइरहेको भन्दै प्रजिअलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
संस्थागत विद्यालयहरु मर्कामा पर्दै गइरहेको भन्दै संस्थागत विद्यालयका छाता संगठनहरुले सात बुँदे विभिन्न सुझाव एवं माँग अघि सार्दै आइतबार प्रमुख जिल्ला अधिकारी समक्षा ज्ञापन पत्र बुझाएका छन् ।
प्याबशनका अध्यक्ष देवानन्द चौधरी, नेपाल प्याबशनका अध्यक्ष दिनेश कुमार यादव र एन प्याबशन सप्तरीका अध्यक्ष बौकु साहद्वारा संयुक्त रुपमा बुझाइएको ज्ञापन पत्रमा अनाधिकृत रुपमा संचालित कक्षाहरु एवं विद्यालयहरु, जथाभावी रुपमा विद्यालय संचालन अनुमति, अस्वस्थ प्रतिस्पर्धा, सामुदायिक विद्यालयहरुले अनियमित रुपमा कक्षा ८ को बोर्ड परिक्षाको समयमा बोर्डिङ्गका बच्चाहरुलाई भर्ना लिनु इएमआइएस प्रणालीको वेवास्ता आदिले संस्थागत विद्यालय मर्कामा पर्ने गरेको जनाइएको छ ।
बुझाइएको ज्ञापनमा अनुमति नलिएका विद्यालयहरु एवं कक्षाहरु अविलम्ब बन्द हुनुपर्ने, इएमआइएस प्रणाली अनिवार्य रुपले लागु र अनुगमन हुनुपर्ने, एक विद्यालयबाट अर्को विद्यालय जाँदा अनिवार्य रुपले इएमआइएस कोडसहितको टिसी लिएकै हुनुपर्ने र माँग भएमा विद्यालयले नअलमलाई दिनु पर्ने, अनियमित गर्ने विद्यालयलाई दण्डित गर्नुपर्ने, नयाँ विद्यालयका लागि अनुमति दिँदा निश्चित् मापदण्ड र प्रक्रियाको अवलम्बन हुनुपर्ने, कक्षा ८ को बोर्ड परिक्षाको समयमा विद्यार्थी घटबढलाई कडाई साथ हुनुपर्ने र यसै वर्षदेखी सो को समाधान हुनुपर्ने, एक विद्यालयबाट साल भरी पढी पैसा नतिरी भाग्ने विद्यार्थीका अभिभावकबाट रकम असुल उपर गराउन सक्रिय सहयोग गर्न सुझावसहित माँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ