News Category 2076/01/08
संस्थागत विद्यालयहरु मर्कामा पर्दै गइरहेको भन्दै प्रजिअलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
संस्थागत विद्यालयहरु मर्कामा पर्दै गइरहेको भन्दै संस्थागत विद्यालयका छाता संगठनहरुले सात बुँदे विभिन्न सुझाव एवं माँग अघि सार्दै आइतबार प्रमुख जिल्ला अधिकारी समक्षा ज्ञापन पत्र बुझाएका छन् ।
प्याबशनका अध्यक्ष देवानन्द चौधरी, नेपाल प्याबशनका अध्यक्ष दिनेश कुमार यादव र एन प्याबशन सप्तरीका अध्यक्ष बौकु साहद्वारा संयुक्त रुपमा बुझाइएको ज्ञापन पत्रमा अनाधिकृत रुपमा संचालित कक्षाहरु एवं विद्यालयहरु, जथाभावी रुपमा विद्यालय संचालन अनुमति, अस्वस्थ प्रतिस्पर्धा, सामुदायिक विद्यालयहरुले अनियमित रुपमा कक्षा ८ को बोर्ड परिक्षाको समयमा बोर्डिङ्गका बच्चाहरुलाई भर्ना लिनु इएमआइएस प्रणालीको वेवास्ता आदिले संस्थागत विद्यालय मर्कामा पर्ने गरेको जनाइएको छ ।
बुझाइएको ज्ञापनमा अनुमति नलिएका विद्यालयहरु एवं कक्षाहरु अविलम्ब बन्द हुनुपर्ने, इएमआइएस प्रणाली अनिवार्य रुपले लागु र अनुगमन हुनुपर्ने, एक विद्यालयबाट अर्को विद्यालय जाँदा अनिवार्य रुपले इएमआइएस कोडसहितको टिसी लिएकै हुनुपर्ने र माँग भएमा विद्यालयले नअलमलाई दिनु पर्ने, अनियमित गर्ने विद्यालयलाई दण्डित गर्नुपर्ने, नयाँ विद्यालयका लागि अनुमति दिँदा निश्चित् मापदण्ड र प्रक्रियाको अवलम्बन हुनुपर्ने, कक्षा ८ को बोर्ड परिक्षाको समयमा विद्यार्थी घटबढलाई कडाई साथ हुनुपर्ने र यसै वर्षदेखी सो को समाधान हुनुपर्ने, एक विद्यालयबाट साल भरी पढी पैसा नतिरी भाग्ने विद्यार्थीका अभिभावकबाट रकम असुल उपर गराउन सक्रिय सहयोग गर्न सुझावसहित माँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ