News Category 2076/01/08
बैशाख २५ गतेदेखी सातै दिन विमान सेवा पुनः सूचारु हुने
दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
राजविराज विमानस्थल संचालनमा आएको १० महिना नबित्दै श्री एयरलायन्सको सेवा ठप्प भएपछि हवाई सेवा पुनः सूचारु हुने भएको छ ।
श्री एयरलायन्सका म्यानेजर सुरेश मल्लिकले विमानको ईन्जिन मर्मत गर्न बिमान युरोप पठाइएकोले गत चैत २० गतेबाट राजविराज बिमानस्थलबाट श्री एयरलायन्सले आप्mनौ नियमित सेवा बन्द गरिएको बताए ।
जहाजको मर्मत कार्य सकिएलगत्तै पुनः विमान सेवा बैशाख २५ गतेदेखी सुरु हुने उनले बताउँदै हप्ताको सातै दिन श्री एयरलायन्सले आप्mनो उडान भर्ने तयारी भईरहेको जानकारी दिए । उनले भने, “बैशाख २५ गते अगावै पनि विमान सेवा सूचारु हुन सक्छ तर, बैशाख २५ गतेदेखी सेवा सूचारु हुन्छ ।”
यता राजविराजस्थित विमानस्थलबाट विमान सेवा संचालनमा नआउदा सेवाग्राही मर्कामा परेका छन । गत असार १० गतेदेखि नियमित विमान सेवा थालिएको श्री एयरलायन्सले शुरुमा हप्ताको ५ दिन उडान भर्दै आएको थियो भने केही महिनामै प्राविधिक त्रुटि देखाउँदै हप्ताको ३ दिन मात्र उडान भर्न थालेको थियो ।
लामो समयपछि राजविराज बिमानस्थलबाट श्री एयरलायन्सले आप्mनो सेवा दिदै आएको बेला यसरी नियमित उडानमा कटौती र एक्कासी बिमान सेवा नै बन्द गरेकोमा नगरवासीहरुले आपत्ति जनाएका छन् । हाल सप्तरीका जनता विमान चढ्न विगत झै बिराटनगर र जनकपुर जान बाध्य भएका छन् ।
यसअघि सप्तरीवासीको आशाको रुपमा रहेको विमानस्थलको औपचारिक रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री स्व. रवीन्द्र अधिकारी, पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्रीसमेत रहेका सप्तरी क्षेत्र नम्बर २ का सांसद उपेन्द्र यादव, पूर्व मन्त्री एवम् राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवसहित विशिष्ट व्यक्तित्वहरुको टोलीद्वारा गत बर्ष २०७५ साल जेठ १० गते नवनिर्मित कालोपत्र रनवेको उद्घाटन गरेको थिए ।
नागरिक उड्डयन मन्त्रालायद्धारा रु ३० करोड ३० लाखको लागतमा राजविराज विमानस्थल निर्माण गरिएको थियो । सो क्रममा बिमानस्थलको ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य सम्पन्न गरिएको थियो । वि.सं. २०१६ सालमा तत्कालीन मन्त्री स्व. गणेशमान सिंहद्वारा राजविराज विमान स्थलको शिलान्यास गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ