News Category 2076/01/08
बैशाख २५ गतेदेखी सातै दिन विमान सेवा पुनः सूचारु हुने
दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
राजविराज विमानस्थल संचालनमा आएको १० महिना नबित्दै श्री एयरलायन्सको सेवा ठप्प भएपछि हवाई सेवा पुनः सूचारु हुने भएको छ ।
श्री एयरलायन्सका म्यानेजर सुरेश मल्लिकले विमानको ईन्जिन मर्मत गर्न बिमान युरोप पठाइएकोले गत चैत २० गतेबाट राजविराज बिमानस्थलबाट श्री एयरलायन्सले आप्mनौ नियमित सेवा बन्द गरिएको बताए ।
जहाजको मर्मत कार्य सकिएलगत्तै पुनः विमान सेवा बैशाख २५ गतेदेखी सुरु हुने उनले बताउँदै हप्ताको सातै दिन श्री एयरलायन्सले आप्mनो उडान भर्ने तयारी भईरहेको जानकारी दिए । उनले भने, “बैशाख २५ गते अगावै पनि विमान सेवा सूचारु हुन सक्छ तर, बैशाख २५ गतेदेखी सेवा सूचारु हुन्छ ।”
यता राजविराजस्थित विमानस्थलबाट विमान सेवा संचालनमा नआउदा सेवाग्राही मर्कामा परेका छन । गत असार १० गतेदेखि नियमित विमान सेवा थालिएको श्री एयरलायन्सले शुरुमा हप्ताको ५ दिन उडान भर्दै आएको थियो भने केही महिनामै प्राविधिक त्रुटि देखाउँदै हप्ताको ३ दिन मात्र उडान भर्न थालेको थियो ।
लामो समयपछि राजविराज बिमानस्थलबाट श्री एयरलायन्सले आप्mनो सेवा दिदै आएको बेला यसरी नियमित उडानमा कटौती र एक्कासी बिमान सेवा नै बन्द गरेकोमा नगरवासीहरुले आपत्ति जनाएका छन् । हाल सप्तरीका जनता विमान चढ्न विगत झै बिराटनगर र जनकपुर जान बाध्य भएका छन् ।
यसअघि सप्तरीवासीको आशाको रुपमा रहेको विमानस्थलको औपचारिक रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री स्व. रवीन्द्र अधिकारी, पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्रीसमेत रहेका सप्तरी क्षेत्र नम्बर २ का सांसद उपेन्द्र यादव, पूर्व मन्त्री एवम् राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवसहित विशिष्ट व्यक्तित्वहरुको टोलीद्वारा गत बर्ष २०७५ साल जेठ १० गते नवनिर्मित कालोपत्र रनवेको उद्घाटन गरेको थिए ।
नागरिक उड्डयन मन्त्रालायद्धारा रु ३० करोड ३० लाखको लागतमा राजविराज विमानस्थल निर्माण गरिएको थियो । सो क्रममा बिमानस्थलको ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य सम्पन्न गरिएको थियो । वि.सं. २०१६ सालमा तत्कालीन मन्त्री स्व. गणेशमान सिंहद्वारा राजविराज विमान स्थलको शिलान्यास गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ