News Category 2076/01/12
प्राधिकरणद्वारा ४ सय ४३ थान विद्युत मिटर निःशुल्क बितरण

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रले अतिविपन्न परिवार तथा मठ, मन्दिर, मस्जिदलाई निःशुल्क विद्युत मिटर बितरण गरेको छ ।
नेपाल विद्युत प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतको राजविराज वितरण केन्द्रले बुधबार कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा जिल्लाका अतिविपन्न परिवार तथा सांस्कृतिक महत्वका सम्पदा गरी ४ सय ४३ थान मिटर र सोही संख्यामा एमसिबीसमेत निःशुल्क वितरण गरेको हो ।
सो अवसरमा प्राद्यिकरणका राजविराज वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले यसरी वितरण गरिएका उपकरण सम्बन्धित व्यक्तिको घर तथा मठ, मन्दिरमा प्राधिकरणकै कर्मचारी पुगेर निःशुल्क जडान समेत गरिदिने जानकारी दिए ।
अतिविपन्न तथा सार्वजनिक महत्वका मठ, मन्दिर र मस्जिदलाई १ हजार ५ सय थान मिटर र एमसिबी वितरण गर्ने लक्ष्य लिएको प्राद्यिकरणले पहिलो चरणमा राजविराज नगरपालिकाका ९१, डाक्नेश्वरी नगरपालिकाका ३२, छिन्नमस्ता गाउँपालिकाका १ सय ६१, रुपनी गाउँपालिकाका १ सय १, विष्णुपुर गाउँपालिकाका २३ र तिलाठी कोइलाडी गाउँपालिकाका ३५ गरी कुल ४ सय ४३ थान मिटर र एमसिबी वितरण गरेको जनाएको छ ।
जसमध्ये करिब ४ सय विपन्न परिवार छन् भने बाँकी सांस्कृतिक महत्वका सम्पदा छन । सम्बन्धित गाउँ र नगरपालिकाको सिफारिश तथा प्राद्यिकरणको टोलीद्वारा स्थलगत अध्ययनपछि निःशुल्क विद्युत उपकरण पाउने विपन्न समुदाय र सांस्कृतिक महत्वका मठ, मन्दिर, र मस्जिदको छनौट गरिएको प्रमुख साहको भनाई छ ।
आयोजित कार्यक्रममा प्राधिकरणका जनकपुर क्षेत्रीय कार्यालय प्रमुख ओम प्रकाश महतो र राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले विद्युतीय उपकरण बितरण गरेका थिए ।
यता विद्युत चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी प्राधिकरणले विद्युत चोरी गर्नेहरुबाट विगो र त्यसमा लाग्ने जरिवाना लगायतको असुलीबाट गत चैत महिनामा ५ लाख ७९ हजार ५ सय ६४ रुपैयाँ संकलन गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ