News Category 2076/01/12
प्राधिकरणद्वारा ४ सय ४३ थान विद्युत मिटर निःशुल्क बितरण
दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रले अतिविपन्न परिवार तथा मठ, मन्दिर, मस्जिदलाई निःशुल्क विद्युत मिटर बितरण गरेको छ ।
नेपाल विद्युत प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतको राजविराज वितरण केन्द्रले बुधबार कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा जिल्लाका अतिविपन्न परिवार तथा सांस्कृतिक महत्वका सम्पदा गरी ४ सय ४३ थान मिटर र सोही संख्यामा एमसिबीसमेत निःशुल्क वितरण गरेको हो ।
सो अवसरमा प्राद्यिकरणका राजविराज वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले यसरी वितरण गरिएका उपकरण सम्बन्धित व्यक्तिको घर तथा मठ, मन्दिरमा प्राधिकरणकै कर्मचारी पुगेर निःशुल्क जडान समेत गरिदिने जानकारी दिए ।
अतिविपन्न तथा सार्वजनिक महत्वका मठ, मन्दिर र मस्जिदलाई १ हजार ५ सय थान मिटर र एमसिबी वितरण गर्ने लक्ष्य लिएको प्राद्यिकरणले पहिलो चरणमा राजविराज नगरपालिकाका ९१, डाक्नेश्वरी नगरपालिकाका ३२, छिन्नमस्ता गाउँपालिकाका १ सय ६१, रुपनी गाउँपालिकाका १ सय १, विष्णुपुर गाउँपालिकाका २३ र तिलाठी कोइलाडी गाउँपालिकाका ३५ गरी कुल ४ सय ४३ थान मिटर र एमसिबी वितरण गरेको जनाएको छ ।
जसमध्ये करिब ४ सय विपन्न परिवार छन् भने बाँकी सांस्कृतिक महत्वका सम्पदा छन । सम्बन्धित गाउँ र नगरपालिकाको सिफारिश तथा प्राद्यिकरणको टोलीद्वारा स्थलगत अध्ययनपछि निःशुल्क विद्युत उपकरण पाउने विपन्न समुदाय र सांस्कृतिक महत्वका मठ, मन्दिर, र मस्जिदको छनौट गरिएको प्रमुख साहको भनाई छ ।
आयोजित कार्यक्रममा प्राधिकरणका जनकपुर क्षेत्रीय कार्यालय प्रमुख ओम प्रकाश महतो र राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले विद्युतीय उपकरण बितरण गरेका थिए ।
यता विद्युत चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी प्राधिकरणले विद्युत चोरी गर्नेहरुबाट विगो र त्यसमा लाग्ने जरिवाना लगायतको असुलीबाट गत चैत महिनामा ५ लाख ७९ हजार ५ सय ६४ रुपैयाँ संकलन गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ