News Category 2076/01/12
सिन्डीकेट लगाएर पुस्तक बिक्रि गरिरहेका व्यवसायी र अभिभावकबीच झडप

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
सिन्डीकेट लगाएर राजविराजस्थित गजेन्द्र चौकमा पुस्तक महल नामक पसल संचालन गरेर निजि विद्यालयका पुस्तक बिक्रि गरिरहेका पुस्तक व्यवसायी र अभिभावकबीच बुधबार साँझ होहल्लापछि झडप भएको छ ।
सो झडप र होहल्लापछि प्रहरी घटनास्थलमा पुगेपछि व्यवसायीले पुस्तक पसल बन्द गरेका थिए ।
एकलौटी ढंगले पुस्तक बिक्रि गर्दा छुट समेत नदिएर तथा दिनभरी लामो लाइनमा बसेर पनि पुस्तक उपलब्ध हुन नसक्दा अभिभावकहरु बाध्य भएर व्यवसायीसँग भनाभन भएको थियो । सो अवस्थामा दुबै पक्षबीच सामान्य झडप समेत भएको थियो ।
यता एक अभिभावक धिरेन्द्र बर्माले सप्तरी बाहेक अन्य स्थानमा पुस्तक खरीद गर्दा २० देखी २५ प्रतिशतसम्म छुट दिइरहेको बताउँदै सप्तरीमा एकलौटी रुपमा संचालित पुस्तक पसलले ग्राहकलाई ढाट्ने र ठग्ने काम गरिरहेको आरोप समेत लगाए ।
यसैगरि विभिन्न पुस्तक प्रकाशन गृहले व्यवसायीलाई ४० देखि ५० प्रतिशतसम्म कमिशन दिएपनि अस्थायी रुपमा संचालनमा आएको सो पसलबाट पुस्तक खरीद गर्दा एक रुपैयाँ पनि छुट दिने गरेका छैनन् ।
कुनै कक्षाको पुस्तक खरीद गर्दा सबै पुस्तक समेत उपलब्ध गराउन नसकेको सो पुस्तक पसलले विगत एक सातादेखी सप्तरीका अभिभावक तथा विद्यार्थीलाई मार्कामा पार्दै आइरहेको छ ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ आवद्ध केही व्यापारीहरुले बजारमा एकल बर्चश्व कायम गर्दै पुस्तकमा सिन्डीकेट लगाएका छन् । जसकारण व्यापारीको मनोमानीले अभिभावक महंगो पुस्तक किन्न बाध्य छन् ।
यता पुस्तकमा सिन्डीकेट लगाएको भन्दै विभिन्न मिडियामा समाचार सम्प्रेसन भएपछि सप्तरी प्रशासनले बुधबार उक्त पुस्तक पसलमा अनुगमन समेत गरेको छ । तर, अनुगमन गरेपश्चात्को प्रतिवेदन प्रशासनले सार्वजनिक गर्न सकेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ