News Category 2076/01/12
फोरम नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
संघीय समाजवादी फोरम नेपाल जिल्ला समवन्य समिती सप्तरीको बिहीबार सम्पन्न निर्वाचनबाट जिल्ला अध्यक्षमा केदार प्रसाद यादव निर्वाचित भएका छन ।
यादव सेवा सदन राजविराजमा विहिवार सम्पन्न निर्वाचनबाट उनी निर्वाचित भएका हुन् । केदारले ३४ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी भिम राज यादवले १९ मत प्राप्त गरे ।
प्रत्येक स्थननिय तहवाट १ जना महिला सहित ३ जना जिल्ला समवन्य समिती प्रतिनिधि हुने प्रावधान अनुसार १८ पालिकावाट गरी कूल ५४ जना मतादाता रहेकोमा ५३ जनाले मतादान गरेको निर्वाचन अधिकृत समेत रहेका तराई मधेश प्रदेश समितीका मुख्य सचिव शम्भु झाले जानकारी दिए ।
पालिकावाट जिल्ला समवन्य समितीमा प्रतिनिधि सवै सदस्य रहने तथा अध्यक्ष छनौट भएपछी सोही समितीले सदस्यहरु मध्यवाट पदाधिकारी छनौट गरिने निर्वाचन अधिकृत झाले जानकारी दिए ।
अध्यक्षका लागि निवर्तमान जिल्ला सचिव केदार प्रसाद यादव, राजविराज नगरपालिकाका अध्यक्ष समेत रहेका भिमराज यादव, नेता लक्ष्मण यादव र चित्तरन्जन यादवले उम्मेदवारी दर्ता गराएका थिए । यता लक्ष्मण र चित्तरन्जन यादवले नाम फिर्ता लिएपछी केदार र भिमराज यादव चुनाव लडेका थिए ।
५४ प्रतिनिधि मध्य जेष्ठ सदस्य सियावती देवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय उपाध्यक्ष एवम प्रदेश नम्वर २ का अध्यक्ष रेणु यादव, केन्द्रिय सदस्यहरुमा चित्त नारायण यादव, विनोद चौधरी, अशोक कुमार यादव, रमाकान्त चौधरी, जगदेव यादव, केन्द्रिय सल्लाहकार सुमन चौधरी, जिल्ला अध्यक्ष दिनेश यादव, जिल्ला ईन्चार्ज सत्य नारायण यादव, प्रदेश नेता र जिल्ला सचिवालयका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ