News Category 2076/01/12
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
केही पुस्तक व्यवसायीहरु मिलेर सिन्डीकेट लगाएर राजविराजस्थित गजेन्द्र चौकमा पुस्तक महल नामक पसल मार्फत निजि विद्यालयका पुस्तक एकलौटी ढंगले बिक्री गरिरहेको बिरोधमा आक्रोसित विद्यार्थीहरुले बिहीबार प्रदर्शन र तालाबन्दी गरेका छन् ।
सिन्डीकेट खारेजीको माँग गर्दै विभिन्न विद्यार्थी संगठनकहरुको अगुवाइमा विद्यार्थीहरुले नगरमा प्रदर्शन गर्नुका साथै सिन्डीकेट लागु गरि पाठ्यपुस्तक बिक्रि भइरहेको गजेन्द्र चौकस्थित पुस्तक महल नामक पुस्तक पसलमा तालाबन्दी गरेका हुन् ।
स्थानिय शिवमन्दिरको प्राङ्गणबाट नेकपा, काँग्रेस, फोरम, राजपालगायतका पार्टी निकटका विद्यार्थी संगठनहरुको अगुवाईमा निस्केको जुलुस पुस्तकमा लगाइएको सिन्डीकेट खारेजीको माँग गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । जुलुस स्थानिय गजेन्द्र चौकमा पुगेपछि विद्यार्थीहरुले सो पसलमा तालाबन्दी गरेका हुन् ।
यहाँस्थित नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले निजि विद्यालयका पाठ्यपुस्तकहरु एकलौटी गरि पुस्तक महलबाटै विक्रि गर्न थालेपछि आक्रोसित बनेका विद्यार्थीहरुले यसअघि पनि सिन्डीकेट खारेजीको माँग गर्दै जिल्ला प्रशासन कार्यालयमा दुई दिने अल्टिमेटमसहितको ञापनपत्र बुझाएका थिए । तर, स्थानिय प्रशासनबाट सो अवधीमा कुनै कारवाही अघि नबढाएपछि बाध्य भएर तालाबन्दी र बिरोध प्रदर्शनमा उत्रीनु परेको अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित रजकले बताए ।
नगरभरीका करिब ५० हजार भन्दा बढी विद्यार्थी र अभिभावकलाई त्यही पसलबाट मात्र पाठ्यपुस्तक खरिद गर्नु पर्ने केही पुस्तक व्यवसायीहरुले बाध्य बनाएपछि आन्दोलनको बाटो रोज्नु परेको विद्यार्थी फोरमका जिल्ला अध्यक्ष संजय यादवले बताए । राजविराज नगरपालिका क्षेत्रमा मात्रै ४१ वटा पुस्तक पसलहरु रहेका छन् । तर, सिन्डीकेट लागु गरिएपछि ती पुस्तक पसलहरुमा निजि विद्यालयका पुस्तक पाइदैन् । जसकारण विद्यार्थी र अभिभावक दुबै मारमा परेका छन् ।
अर्कोतर्फ अस्थायी रुपमा संचालनमा ल्याइएको पुस्तक महल नामक उक्त पसलबाट पुस्तक खरीद गर्दा एक रुपैयाँ पनि छुट नदिने संघको कठोर निर्णयले विद्यार्थी र अभिभावकलाई झन आक्रोसित बनाएको छ ।
विभिन्न पुस्तक प्रकाशन गृहले व्यवसायीलाई ४० देखि ५० प्रतिशतसम्म कमिशन दिएपनि महासंघले एकलौटी गरेर विद्यार्थीहरुलाई एक रुपैयाँसम्म छुट नदिएर ब्रह्मलुट मच्चाइरहेको स्थानीय अभिभावक उमाकान्त साहको भनाई छ ।
यसअघि बुधबार साँझ पनि अक्रोसित अभिभावकहरुले सिन्डीकेट बिरुद्ध सो पसल अगाडी होहल्ला गरेपछिस्थिती तनावग्रस्त बनेको थियो । जसकारण बुधबार साँझ पुस्तक पसल नै बन्द गर्नुपरेको थियो ।
एकलौटी ढंगले पुस्तक बिक्रि गर्नुका साथै छुट समेत नदिएर तथा प्रचण्ड गर्मीमा दिनभरी लामो लाइनमा बसेर पनि सेटमा पुस्तक उपलब्ध हुन नसक्दा आफूहरु हैरान बनेको स्थानिय अभिभावक र विद्यार्थीको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ