News Category 2076/01/13
भीमराज र १५ भोटबीचको सम्बन्ध दोहोरियो

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
राजविराज नगरपालिकाको मेयर पदमा १५ भोटले पराजित भीमराज यादव पार्टीको जिल्लाकार्य समिति निर्वाचनमा पनि १५ भोटले नै पराजित हुन पुगेका छन् । भीमराजको राजनैतिक यात्राका क्रममा यो अंक दोश्रो पटक दोहोरिएको हो ।
संघीय समाजवादी फोरम नेपाल जिल्ला समन्वय समिति सप्तरीको नयाँ नेतृत्व चयनका लागि बिहीबार सम्पन्न निर्वाचनको मतगणनापछि शुक्रबार बिहान घोषित परिणाम अनुसार अध्यक्ष पदका प्रत्याशी भीमराज केदार प्रसाद यादवसँग १५ भोट अन्तरले पराजित हुन पुगेका हुन् ।
अध्यक्ष पदमा निर्वाचित केदार यादवले ३४ मत प्राप्त गरेका छन् भने निकटत्म प्रतिद्वन्द्वी भीमराज यादवले १९ मत प्राप्त गरे । अन्तिमक्षण सम्म गरिएको सहमतिको प्रयास असफल भएपछि निर्वाचनको माध्यमबाट नयाँ नेतृत्वको चयन गरिएको तराई मधेश प्रदेश समितिका मुख्य सचिव शम्भु झाले बताए ।
भीमराज यसअघि गत स्थानिय निर्वाचनमा पनि राजपाका शम्भु प्रसाद यादवसँग १५ भोटकै अन्तरले पराजित भएका थिए । फोरमका तर्फबाट मेयर पदका उम्मेदवार बनेका राजविराज ९ भीमराजले त्यतिबेला ४ हजार ९ सय ६४ मत प्राप्त गरेका थिए । मेयर पदमा निर्वाचित राजपाका शम्भु प्रसाद यादवले ४ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए ।
प्रतिस्पर्धीसँग पटक पटक १५ मतको अन्तरले पराजित हुने गरेका भीमराज भन्छन्, “जनता र पार्टीका मित्रहरुले त सहयोग गरेकै हुन् । तर, भाग्यले साथ दिएको छैन् ।” उनले पटक पटक १५ मतको झिनो अन्तरले पराजित हुनु “ग्रहदशा” को दोष भएको भन्दै उक्त नतिजाबाट मतदाता पनि दुःखी हुने गरेको सुनाए ।
“राजनीतिमा हार–जित स्वभाविक हो । तर, १५ मतकै चक्करले आफू पीडित हुने गरेको बताउँदै उनले भने, “अब भावी दिनमा हुने निर्वाचनमा शुभसाइत हेराएर अघि बढ्नु पर्ला ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ