News Category 2076/01/20
जिल्ला बारको नेतृत्वका लागि डोमन र महेश्वर साहको समूहद्वारा उम्मेदवारी दर्ता

दैनिक समाचारदाता
राजविराज, २० वैशाख ।
सप्तरी जिल्ला अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि शुक्रबार उम्मेदवारी दर्ता भएको छ ।
आउँदो जेठ ३ गते दुई वर्षे कार्यकालका लागि हुने निर्वाचनका लागि शुक्रबार दुई समूहले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
श्रोतका अनुसार बामपन्थी र संघीय फोरम निकट अधिवक्ताहरुको समूहको नेतृत्व गर्दै अधिवक्ता डोमन साहले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
सोही समूहबाट उपाध्यक्ष पदमा महेन्द्र प्रसाद देव, सचिवमा ओम प्रसाद यादव र कोषाध्यक्षमा शंकर कुमार मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक अधिवक्ता दुर्गानन्द चौधरीले जानकारी दिए ।
त्यस्तै लोकतान्त्रिक समूहको नेतृत्व गर्दै अधिवक्ता महेश्वर साहले अध्यक्ष पदमा, उपाध्यक्षमा लोकनाथ यादव, सचिवमा ध्रुब कुमार मण्डल र कोषाध्यक्षमा बिरेन्द्र प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैबीच डोमन साह नेतृत्वको समूहबाट सहसचिवमा रंजिता रिजाल र महिला सदस्यमा ममता चौधरी निर्विरोध भएको निर्वाचन समितिले जानकारी दिएको छ । जेठ ३ गते हुने निर्वाचनका लागि जिल्ला बार एशोसिएशनमा ८६ जना मतदाता रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ