News Category 2076/01/23
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी
दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
अदालतबाट जन्मकैदको सजाय तोकिएका रेशमलाल चौधरीसहित एघार जनाको रिहाईको माँग गर्दै स्थानियस्तरमा बिरोधको छिटफुट कार्यक्रम संचालन गर्दै आएको रेशम चौधरी बचाऔं अभियान संघर्ष समितिले राष्ट्रिय भेला मार्फत आन्दोलनका सशक्त कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।
राजविराजमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो । संघर्ष समितिका संयोजक राज थारुले जिल्ला स्तरमा गरिएको शान्तिपूर्ण आन्दोलनलाई सरकारले पूर्ण वेवास्ता गरेकाले बाध्यभई राष्ट्रिय भेला मार्फत सशक्त र देशभर आन्दोलन चर्काउने तयारी गरिएको जानकारी दिए । यसका लागि बैशाख २५, २६ र २७ गते सप्तरीको कंचनरुप नगरपालिकाको बलुवामा ऐतिहासिक थारु राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
भेलाले थारु समुदायको बाक्लो उपस्थिति रहेको बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ्ग, कपिलबस्तु, चितवन, पर्सा, बारा, नवलपरासी, मकवानपुर, रौतहट, सुनसरी, मोरङ्ग, झापा, सप्तरी लगायतका जिल्लाका थारु कल्याणकारी सभा र ९ वटा भातृ संगठनका प्रतिनिधि गरी ५ हजार भन्दा बढीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
थरुहट नेता लक्ष्मण थारुको प्रमुख आतिथ्यमा हुने राष्ट्रिय भेलालाई राजपा तथा समाजवादी पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । थरुहट आन्दोलनले उठाएका मुद्दालाई स्थापना गराउन, थरुहट आन्दोलनलाई एकिकृत रुपमा उठान गर्न, टीकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्न दबाब दिन, राष्ट्रिय संघर्ष समिति गठन गर्न र आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गर्न राष्ट्रिय भेलाको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
तीन दिनसम्म चल्ने भेलाको पहिलो दिन उद्घाटन, दोश्रो दिन हालसम्म गरिएको आन्दोलनको समिक्षा र अन्तरक्रिया तथा तेश्रो दिन राष्ट्रिय आन्दोलन परिचालन समिति गठन, बलुवा घोषणा पत्र जारि तथा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई जन्मकैद सजाय तोक्ने कैलाली जिल्ला अदालतको फैसलाबाट चिढिएको राजपा र थारु समुदायले पटक पटक सरकारलाई दबाब दिँदै आएको छ । तर, सरकारबाट खासै पहल नदेखाइएपछि आन्दोलन चर्काउनुको विकल्प नरहेको पत्रकार सम्मेलनमा थारु समुदायका अगुवा नेताहरुले बिचार व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ