News Category 2076/01/26
सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता

चन्दनकुमार यादब
राजबिराज, २५ बैशाख ।
जिल्ला प्रशासन कार्यालय सप्तरीबाट २० दिनमा ३ सय २१ जानले बंशजको आधारमा नागरिकता पाएका छन् ।
जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको आदेशमा जिल्ला प्रशासन कार्यलयले ३ सय २१ जनालाई बंशजको नागरिकता प्रदान गरेको हो ।
नागरिकता प्राप्त गर्नेहरुमा २ सय २९ पुरूष र ९२ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
सर्वाेच्चको आदेश पछि चैत्र २६ देखि ३ बैशाख सम्म नागरिकता बितरण कार्य रोकिएको थियो भने पुनः बैशाख २४ देखी गृह मन्त्रालयले अल्पकालिन जन्मका आधारमा दिईदै गरेको बंशज नागरिकता दिनमा रोक लगाएको छ ।
नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालय राजबिराजवाट २ सय २०, ईलाका प्रशासन कार्यालय कंचनपुरबाट ९८ र ईलाका प्रशासन कार्यालय बोदेबरसाईनबाट ३ जनाले वंशज नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।
यता जन्मका आधारमा वंशज नागरिकता लिनका लागि धेरै निवेदन आउने गरेको बताउदै प्रशासकिय अधिकृत ठाकुरले प्रमाणका आधारमा तथा छानबिन गरेर मात्र नागरिकता बितरण गरिरहेको जानकारी दिए ।
बैशाख ३ मा सर्वाेच्च कै आदेशवाट नागरिकता बितरण खुल्ला भएपछि ४ बैशाखवाट नागरिकता बितरण कार्य सुरू भएको २० दिन पछि पुनः सो कार्य रोकिएको छ ।
दैनिक सरदर १६ देखि २० जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ । यता नागरिकता लिनेको ठुलो भिड लाग्ने भएपछि यसलाई व्यवस्थापन गर्नका लागि प्रशासन कार्यालयले टोकन प्रक्रिया लागू गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ