News Category 2076/01/27
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
आवश्यक दक्ष जनशक्ति र उपकरण थपिँदै गएपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकले एकपछि अर्को गम्भिर प्रकृतीका बिरामीको उपचारमा सफलता पाउँदै आएका छन् ।
एक बालकको ठूलो आन्द्रामा देखिएको डियु.फर (आन्द्रामा घाँउ र ट्युमर) को सफल शल्यक्रिया गरेको सात दिन नबित्दै अर्को जटिल प्रकृतीको शल्यक्रियामा समेत सफलता पाएको हो ।
कचियाँ हँसिया (घाँस काट्न प्रयोग गरिने) छातीबाट पेटमा चिरी सिकिस्त भएका एक बालकको यस अस्पतालका चिकित्सकहरुले शुक्रबार जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन् । विगतमा आफ्नो साख गुमाउँदै गएको यस अस्पतालमा केही समययता दक्ष जनशक्ति, प्रविधि तथा उपकरणको सुविधा भएपछि अस्पतालप्रति जनविश्वास बढेको छ ।
.jpg)
घटना विवरण अनुसार सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही विरपुरका बिनय रायका ८ वर्षिय छोरा इनरजित बिहीबार साँझ घरको आंगनमा खेल्दै गर्दा अचानक लड्दा आंगनमा राखिएको कचिया हसिया उनको छाती हुँदै पेटसम्म छिरेको थियो । आफन्तले तत्कालै उनलाई गम्भिर अवस्थामा जसोतसो स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालसम्म पु¥याएका थिए ।
अस्पतालका डा. राजिव मिश्रा (सर्जन) को नेतृत्वमा डा. पारसमणि साह, डा. उदित चौधरी, डा. आदित्य मिश्रासहितको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले बालकको उपचार गरेका हुन् । छाती हुँदै पेटसम्म छिरेको हसिया निकाल्न डा. मिश्राको नेतृत्वको टोलीले छाती र पेट दुबैको शल्यक्रिया गर्न करिब चार घण्टा समय लागेको अस्पतालले जनाएको छ ।
टोलीको नेतृत्व गरेका डा. मिश्रले हँसिया छातीको करंङ्गहुँदै देब्रेपट्टीको कलेजोलाई पनि छेर्दै पेटसम्म पुगेको तर, समयमै बालकलाई अस्पताल ल्याइएकोले ज्यान जोगाउन सफल भएको बताए ।
यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले प्रबिधी, उपकरण र दक्ष जनशक्ति थपिदै गएपछि अस्पतालबाट जटिल रोगको उपचार र शल्यक्रियामा सफलता मिल्दै गएको बताए । उनले यस्ता गम्भीर प्रकृतीको शल्यक्रिया यस अस्पतालबाट दोश्रो पटक गरिएको बताए । यसअघि अस्पतालमै एक बालकको ठूलो आन्द्रामा देखिएको डियु.फर (आन्द्रामा घाँउ र ट्युमर) को जोखीमपूर्ण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ