News Category 2076/01/29
लोक कल्याणकारी विज्ञापन वापतको भुक्तानी नपाएको भन्दै संघर्ष समिति गठन
राजविराज÷प्रदेश नम्वर २ को सप्तरी र सिरहा जिल्लाका मिडियाहरुले विगत ९ महिनादेखि लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी हालसम्म नपाएको भन्दै आफ्ना हक, अधिकारको सुनिश्चितताका लागि शनिबार संघर्ष समिति गठन गरिएको छ ।
भुक्तानीका लागि पटक–पटक सरोकारवाला निकायहरुमा जानकारी गराउँदा पनि हालसम्म सुनुवाई हुन सकेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीका सभापति जितेन्द्र खड्गाको अध्यक्षतमा शनिबार सम्पन्न बैठकबाट सो निष्कर्ष निकाल्दै लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि श्यामसुन्दर यादवको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।
गठित संघर्ष समितको सह–संयोजकमा श्रवण कुमार देव, सचिवमा नवीनकुमार गुप्ता तथा सदस्यहरुमा दिनेश कुमार शर्मा, भूषण कुमार सिंह, गोपाल प्रसाद गुप्ता, राजु विश्वकर्मा, खगेन्द्र कार्की, सुरेन्द्र गुप्ता, ललिता साह, प्रिया सिंह थारु, महेश्वर भारती, सतिश कुमार दत्त, गणेशलाल देव, धर्मपाल राउत, देवराम यादव, शुभचन्द्र झा, कामानन्द माझी, विन्दु यादव, चन्दन यादव र जङ्गबहादुर सिंह रहेका छन् ।
त्यस्तै बैठकले संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ । संघर्षका कार्यक्रम अनुसार २०७६ वैशाख २९ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री, मुख्यमन्त्री, सञ्चारमन्त्री, नेपाल पत्रकार महासंघ, सूचना विभाग र प्रेस काउन्सिलमा माग सहितको ज्ञापन–पत्र पठाउने, २०७६ जेठ १ गते नेपाल पत्रकार महासंघ शाखा कार्यालय अगाडिबाट दवाव र्याली परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि सांकेतिक विरोध प्रदर्शन गर्ने, सप्तरी सिरहासहित प्रदेश अन्तर्गतका नेपाल पत्रकार महासंघ सहित विभिन्न सङ्गठन एवम् मिडियाहरुसँग समन्वय गरी जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालय अगाडि विरोध कार्यक्रम आयोजना गर्ने रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ