News Category 2076/01/29
सुख्खा खाना राख्ने सामाग्रि बितरण
दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आइतबार एक कार्यक्रमबीच विपद्को समयमा मानविय सेवा अन्तरगत पूर्व तयारीका लागि सुख्खा खाना राख्ने सामाग्रि (बोरा) बितरण गरिएको छ ।
गाउँपालिकाद्वारा आयोजित कार्यक्रम तथा सेक्रामेन्टो नेपलिज लायन्स क्लब डिस्ट्रिक्टस् क्यालिफोरनिया, एनआरएन, भोलेन्टियर्स कप्र्स नेपाल, एनएफसिड्स र सम्बोधन समाजको सहयोगमा सो सामाग्रि बितरण गरिएको हो ।
आयोजित कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीका जनताले हरेक वर्ष विपद्बाट निकै क्षति व्यहोर्नु परेको भन्दै विपद् व्यवस्थापनमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री साहले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ र ५ का १ हजार ५ सय जनालाई सो सुख्खा खाना राख्ने सामाग्रि वितरण गरे । बाढी आएको बेला सो बोरामा जुनसुकै खाने सामाग्रि राखे पनि पानीले नष्ट नहुने गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्ट, सशस्त्र प्रहरी उपरिक्षक खेम बहादुर थापा, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, विभिन्न आयोजक संस्थाका प्रतिनिधि, गाउँपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ