News Category 2076/01/29
सुख्खा खाना राख्ने सामाग्रि बितरण

दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आइतबार एक कार्यक्रमबीच विपद्को समयमा मानविय सेवा अन्तरगत पूर्व तयारीका लागि सुख्खा खाना राख्ने सामाग्रि (बोरा) बितरण गरिएको छ ।
गाउँपालिकाद्वारा आयोजित कार्यक्रम तथा सेक्रामेन्टो नेपलिज लायन्स क्लब डिस्ट्रिक्टस् क्यालिफोरनिया, एनआरएन, भोलेन्टियर्स कप्र्स नेपाल, एनएफसिड्स र सम्बोधन समाजको सहयोगमा सो सामाग्रि बितरण गरिएको हो ।
आयोजित कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीका जनताले हरेक वर्ष विपद्बाट निकै क्षति व्यहोर्नु परेको भन्दै विपद् व्यवस्थापनमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री साहले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ र ५ का १ हजार ५ सय जनालाई सो सुख्खा खाना राख्ने सामाग्रि वितरण गरे । बाढी आएको बेला सो बोरामा जुनसुकै खाने सामाग्रि राखे पनि पानीले नष्ट नहुने गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्ट, सशस्त्र प्रहरी उपरिक्षक खेम बहादुर थापा, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, विभिन्न आयोजक संस्थाका प्रतिनिधि, गाउँपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ