News Category 2076/01/31
टेलिभिजन र प्रस्तोतालाई कारवाहीको माँग
दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई एभिन्यूज टेलिभिजनमा अन्र्तवर्ताको क्रममा अपमानजनक व्यवहार गरेकोप्रति समाजवादी पार्टी नेपाल सप्तरीको गम्भिर ध्यानाकर्षण भएको छ ।
समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले मंगलवार एक प्रेस विज्ञाप्ती जारी गर्दै अन्तरवार्तामा भएको ब्यावहार प्रति गम्भिर ध्यानार्कषण भएको जनाएका छन् ।
अन्तरवार्तामा प्रस्तोताको पुर्वाग्रही प्रस्तुती प्रति पार्टीको गम्भिर ध्यानार्कषण भएको तथा पत्रकार आचारसंहिता विपरित सोधिएको प्रश्न र प्रस्तोताले अध्यक्ष यादवमाथि गरेको अपमानको भत्र्सना समेत गरिएको छ ।
पत्रकार जगतको नै मानमर्दन हुने गरी अपमानजनक ढंङ्गगले पार्टी अध्यक्ष एवम उप—प्रधान एवम स्वास्थ्य तथा जनसङ्ख्यामंत्री यादवमाथि गरिएको दुब्र्यवहारको घोर निन्दा गर्दै समाजवादी पार्टी सप्तरीले गम्भिर आपती प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस स्वतन्त्रताको पक्षमा सधै वकालत गर्ने अध्यक्ष यादव तथा प्रेसको सम्मान गर्ने पार्टी प्रति एभिन्यूजले देखाएको ब्यावहार दुखद भएको तथा पत्रकार र पत्रकारीताको मुल्यमान्यता, मर्म र सिद्धान्तलाई आत्मासाथ गर्न प्रस्तोतालाई आग्रह गर्दै आगामी दिनमा कसैको मानमर्दन हुने क्रियाकलाप नदोहो¥याउन अध्यक्ष यादवद्धारा हस्तारित विज्ञप्ति मर्फत चेतावनी समेत दिइएको छ ।
यस्तै समाजवादी विद्यार्थी फोरम नेपाल सप्तरीका अध्यक्ष संजय कुमार यादवद्वारा मंगलबारै जारि विज्ञप्तिमा एभिन्यूज टेलिभिजनले यस घटनाप्रति सार्वजनिक रुपमा क्षमा माग्नु पर्ने र अन्तरवार्ता संचालक पत्रकार शुसिल पाण्डेलाई अविलम्ब कडा भन्दा कडा कारवाही गर्नु पर्ने माँग गरिएको छ ।
साथै विज्ञप्तिमा कारवाही नभए विद्यार्थीहरुले टेलिभिजनलाई स्वयम कारवाही गर्न पछि नपर्ने भन्दै सम्बन्धीत निकायलाई जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ