News Category 2076/02/04
बिना दर्ता संचालन भएका विद्यालय अगाडी निकाय निरिह
दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
सप्तरी जिल्लामा बिना दर्ता भएका संस्थागत विद्यालयहरु संचालन भइरहेको प्रति सम्बन्धीत निकाय ध्यान पुग्न सकिरहेको छैन् ।
नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा समेत जिल्लाको सबै १८ वटै स्थानिय तहमा बिना दर्ताका विद्यालयहरु निर्धक्क रुपमा संचालन भइरहेका छन् ।
बिना दर्ता संचालनमा रहेका विद्यालयहरुका कारण स्वीकृत प्राप्त संस्थागत विद्यालयहरु धराशय हुने अवस्थामा रहेको छ । कक्षा १ सम्म मात्र पढाउन स्वीकृती लिएका विद्यालयहरुले कक्षा ५ सम्म अध्यापन गराइरहेको पाइएको छ ।
स्थानिय तहलाई शिक्षाको हरेक गतिविधी हेर्न अधिकार दिएपनि सो तर्फ स्थानिय निकाय निरिह बनेको छ । यता सप्तरीका तीन स्थानिय तह कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र छिन्नमस्ता गाउँपालिकाले चालु शैक्षिक सत्रमा बिना दर्ता भएका विद्यालय बन्द गर्न निर्देशन दिए पनि कार्यान्वयन भएको देखिन्न् ।
कंचनरुप नगरपालिकाले २०७६ बैशाख २५ गते “अनियमित संचालनमा रहेको विद्यालय बन्द गर्ने सम्बन्धमा” प्रेस विज्ञप्ति जारि गर्दै शैक्षिक सत्र २०७६ देखी अनियमित संचालनमा रहेका संस्थागत विद्यालयहरु यथासिघ्र बन्द गर्ने र बन्द नगरी अटेर गरेमा शिक्षा ऐन अन्तरगत कारवाही हुने जनाएको थियो ।
तत्कालिन जिल्ला शिक्षा कार्यालय सप्तरीले २०७२ सालमा बिना दर्ता भएका विद्यालयहरु बन्द गर्न गराउन निर्देशन दिएको थियो । तर, सो निर्देशन हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ